सेक्सी बन्न संकोच मान्छिन् ऐश्वर्या राय



एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय हालै ४१ वर्षमा प्रबेश गरेकी छन् । उनको जन्मदिनको सेरोफेरोमा भारतीय सञ्चारमाध्यमले उनको स्वभावबारे चर्चा परिचर्चा गरेका छन् । ऐश्वर्यासँग लामो समय काम गरेका सहकर्मीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहिले अलि लजालु स्वभावको भएको उल्लेख गरेका छन् । आफू सेक्सी देखिन्छु कि भन्नेमा समेत ऐश्वर्यालाई संकोच लाग्ने गरेको समाचारमा जनाइएको छ । उनीसँग विभिन्न विज्ञापनमा सँगै काम गरेका एक सहकर्मीले भने,‘पेप्सीको विज्ञापनमा देखिएपछि ऐश्वर्या एकाएक चम्केकी थिइन् ।

त्यो एडमा उनी भिजेको कपाल ,ओरेन्ज कलरको लिपिस्टिक र सेतो सर्टमा देखापरेकी थिइन् । त्यतिबेला डाइरेक्टरले कामुक देखिने हाउभाउ गर्न आग्रह गरेका थिए तर त्यसो गर्न ऐश्वर्याले निकै संकोच मानेकी थिइन् ।’ पछिसम्म पनि ऐश्वर्याको अंग्रेजी निकै कमजोर रहेको उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । ‘मिसवल्र्डमा सन् १९९४ मा उपाधि जितेपछि उनले अंग्रेजीमा राम्रो भाषण गरेकी थिइन् । तर सुरुमा उनको अंग्रेजी राम्रो थिएन । धेरै मेहनत गरेर उनले अंग्रेजी सुधारेकी थिइन्,आजको नयाँ पत्रिकामा खबर छ ।


www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.