मलाइ यसरि नाङ्गो पर्ने निर्देशक र निर्माता हुन् मेरो दोष हैन !! झरना

काठमाडौ,२ कात्तिक । सिम्पल लुगा र रोलमा फिल्महरुमा अभिनयमा देखिने अभनेत्री झरना थापा पछिल्लो समय फिल्ममा छोटो कपडा र बेडसिनसमेत देखिन थालेकी छिन । बेडसिन दिनेबित्तिकै हिरोइनको आलोचना सुरु हुन्छ भने कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने मेलो भन्ठान्छन्। थुप्रै फिल्ममा स्कर्ट लगाएर अभिनय गरेकी थपाले ‘ओम’ लगायत केही फिल्ममा बेडसिनसमेत दिएकी छिन् । तर, नायिका झरनाले भने बेडसिन दिँदा र छोटो लुगा लगाउँदा करकापमा परेको गुनासो गरेकी छिन्। ‘बेडसिन हिरोइनको रहर नभएर बाध्यता हो, निर्माता–निर्देशकले भनेको टार्न नसकेरै हामी बेला मौकामा छोटो लुगा लगाउँछौँ,’ उनले भनिन्। तर, आफूलाई यसरी छोटो लुगा लगाउन बाध्य पार्ने निर्माता– निर्देशकको नाम भने लिन चाहिनन्। उनले आग्रह गरिन, ‘हिरोइनको लुगा छोटो भयो भनेर उसलाई मात्रै गाली नगर्नुस्।’ हरेक ग्ल्यामरस सिनमा अभिनय गर्न गाह्रो लाग्ने बताउने झरना नेपालकी सज्जन हिरोइनका रूपमा चिनिन्छिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.