विजयकुमारलाई दिपकराज गिरीको अर्को काउन्टर
पत्रकार विजयकुमारको पुस्तक ‘खुशी’ मा हाँस्यव्यंग्य कार्यक्रमलाई खित्खिते भनेर अपहेलित गरिएको भन्दै यसअघि नै गिरीले आपत्ती जनाईसकेका छन् । फेरी सामाजिक सञ्जाल फेसबुक मार्फत गिरीले आफूले पनि पुस्तक लेख्न सक्ने भन्दै व्यंग्य गरेका छन ।
विजयकुमारको ‘खुशी’ लाई व्यंग्य गर्दै उनले आफ्नो फेसबुक पेजमा खुशी भन्दा नि हिट हुने किताब ‘ढुसी’ लेख्न सक्ने जनाएका हुन् ।
कलाकार गिरीले फेसबुक स्टाटसमा यस्तो लेखेका छन् ।
कलाकार गिरीले यसअघि लेखेको फेसवुक स्टाटस
विजयकूमारजीले आफ्नो किताब खुशीमा लेखेका छन रे टेलिभिजन खित्खिते (हाँस्य) कार्यक्रमहरुले भरिए, यो देश त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरु (हाँस्य कलाकार) चर्चित भए भनेर चिन्ता ब्यक्त गर्नु भएछ, बिचरा बिजयजी ।
विजयकूमारजीले आफ्नो किताब खुशीमा लेखेका छन रे टेलिभिजन खित्खिते (हाँस्य) कार्यक्रमहरुले भरिए, यो देश त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरु (हाँस्य कलाकार) चर्चित भए भनेर चिन्ता ब्यक्त गर्नु भएछ, बिचरा बिजयजी ।
सबै खित्खिते एउटै हुन्नन, सबै खित्खिते कार्यक्रम खराब हुन्न, तपाइको भाषामा मदनकृष्ण दाई र हरिबंश पनि खित्खिते नै भए, जसलाइ आजको मितिमा सबैभन्दा बढी सम्मान गर्छन नेपालीहरुले । नायकहरुको राजा भएको हेर्न चाहनु भएको रहेछ, को नायक ? १० तल्ला माथिबाट डोरीको सहाराले हामफाल्ने र तरुनीसँग बगैचामा नाच्ने ? ५० जना गुन्डालाइ एकै लातमा ढाल्ने ती मात्र हुन र नायक ?
म ती नायकलाई पनि गाली गर्दिन किनकी संसारमा सबैको पेशा महत्वपूर्ण र चूनौतीले भरिएको हुन्छ । अरुको अस्तित्वलाइ कमिलो देख्ने पढेलेखेका ढोंगीहरूको देश भयो यो, तपाईलाइ पनि कसैले सोधपूछे कार्यक्रम चलायो भन्यो भने के हुन्छ ?
अन्तरवार्ता लिनु त्यही सोधपूछ त हो, अरुले गरेको कामलाई तपाईले के गर्नु भो कसरी गर्नु भो सोध्ने, यस्मा तपाइले के गर्नु भो तर म त्यसरी सोच्दिन तपाईको पेशा पनि संबेदनशील छ, जस्ले अरुको पेशालाइ सम्मान गर्दैन उस्ले आफ्नो पेशालाइ पनि न्याय गर्दैन, जस्लाई तपाई खित्खिते भन्नु हुन्छ हामी त्यसलाई ……
0 comments
Write Down Your Responses