पशुपतिनाथ दर्शनका लागि बलिउड अभिनेता जितेन्द्र नेपालमा...
पाका बलिउड अभिनेता जितेन्द्र आइतबार दिउँसो नेपाल आएका छन्। श्रीमती शोभासँग उनी एक साताको नेपाल भ्रमणका लागि काठमाडौँ उत्रिएका हुन्। पशुपतिनाथको दर्शन गर्नुको साथै पोखरा घुम्ने योजनासमेत रहेको उनले खुलाए।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो यो चौथो नेपाल भ्रमण भएको जितेन्द्रले बताए। उनी पहिलोपटक सन् १९७४ मा बिहेलगत्तै हनिमुन मनाउन नेपाल आएका थिए। सोमबार उनी पशुपतिनाथ दर्शनका लागि जानेछन्। जितेन्द्र बलिउड अभिनेता तुषार कपुर र टेलिसिरियल निर्मात्री एकता कपुरका बुबा हुन्।
http://setopati.com/kala/18618/
.jpg)
0 comments
Write Down Your Responses