तीन दलको ‘गोप्य’ बैठक शुरु

काठमाडौं, असोज ३० – संविधानमा मुख्य विषयहरुमा सहमति जुटाउन तीन दलको बैठक शुरु भएको छ । राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको पहलमा तीन दलको बैठक बसिरहेको छ ।     आज रातभरी बैठकमा बसेर भएपनि भोली विहानसम्म सहमतिका लागि वातावरण तयार गरिएको डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले रातोपाटीलाई बताए । उनले बैठक बसिरहेको स्थान भने गोप्य रहेको बताए ।     भट्टराईले आज संवाद समितिको बैठकमा बोल्दै, ‘संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयहरु जहा“ पुनःसंरचनाका कुराहरु अभिव्यक्त हुन्छन् त्यसलाई सहमतिमा टुंग्याउनु नै महत्वपूर्ण हुन्छ । अन्य सामान्य कुराहरुलाई चाही“ मतदान गरेर टुंग्याए पनि केही फरक पर्दैन तर प्रमुख पक्ष र मुद्दाका बीचमा चाही“ सहमति नै गर्नुपर्छ भन्नेमा नै मेरो मुख्य जोड छ । मैले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतले प्रमुख राजनीतिक दलहरुको बीचमा समूहगत र बेग्लाबेग्लै पनि कुराकानी गरेर सहमति गर्ने कोशिस गरिरहेको छु,’ भनेका थिए ।     समितिको हिजोको बैठकमा २३ साना दलहरुले आफ्ना धारणा राखेका थिए भने आजको बैठकमा मुख्य तीन दलका शीर्ष नेताहरुले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा विस्तारमा सहमतिको प्रस्ताव राखेका थिए ।   ‘सबैको प्रस्ताव आइसकेपछि मैले आज दिनभर र भोलि बिहानसम्म फेरी अनौपचारिक ढंगले प्रमुख दलका बीचमा र अन्य दलका पनि शीर्ष नेताहरुसँग परामर्श गरेर सहमतिको एउटा प्रस्ताव बनाएर दिन्छौं भनेर रुलिङ गरेको छु’, भट्टराईले भने– ‘यसकै आधारमा भोलिसम्ममा हामीले सहमतिको प्रस्ताव ल्याउने कोशिस गर्छौं । कथंकदाचित भोलिसम्ममा सहमति हुन सकेन भने त्यसपछिको प्रक्रिया कसरी अघि बढाउने भन्ने चाही“ भोलि छलफल गरेर टुंगो लगाउँछौं ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.