तिहारको सबैभन्दा महत्वपूर्ण दिन भाइटीकाको साइत ११ :३५ बजे

काठमाडौं, कात्तिक २ – यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।     सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।   कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष कार्तिक ४ गते मङ्गलबारदेखि सुरु हुँदैछ । ४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।     यस्तै, कात्तिक ८ गते भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.