प्रचण्डपुत्रको रिवन्द्र मिश्रलाई प्रश्न- पत्रकारको खोल ओडेर डलर ओकल्ने ?

Prakash Vs rabindra 1 १ कात्तिक, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रप्रति रोश प्रकट गरेका छन् । शुक्रबार राजधानीमा एमाओवादी सहितका २२ दलले गरेको विरोध सभामा मान्छे कम आएको भन्दै होँच्याएको भन्दै प्रचण्डपुत्रले पत्रकार मिश्रमाथी आक्रोश पोखेका हुन् । उनले फेसबुकमा लेखेका छन-दलित, जनजाती, आदिबासी र उत्पिडित वर्गलाई तपाई NGO को पैसाले डुबेर घांटी घांटी पुगेर नाक मुख डुब्नलागेकालाई उनको मर्म र भावना के थाहा ? यसरी हेप्न पाउनु हुन्छ र उत्पिडित वर्गलाई ?? तपाईको हो र एउटा पत्रकारको खोल ओडेर डलर ओकल्ने न हो ? रविन्द्र मिश्रले सिधै झुटको खेती गरेको टिप्पणी पनि प्रकाश दाहालले गरेका छन् । मिश्रले शुक्रबारको विविसीमा एमाओवादीको गठबन्धनको विरोध सभामा मान्छे कम उपस्थित भएको विषयमा संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठसँग अन्तरवार्ता लिएका थिए । - See more at: http://nepaliheadlines.com/2014-10-18-08-26-46.html#sthash.BSrg5T3z.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.