'चरी' मारिएको केहि मैना नबित्दै चितवनका (चमेरो) भन्ने पक्राउ



चितवन, ९ कात्तिक । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा संघमा आवद्ध प्रकाश रेग्मी (चमेरो) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
चितवन प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत चमेरोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन्।

छिमेकी जिल्ला धादिङका एमाले समर्थित डन चरी प्रहरी कारवाहीमा यसअघि नै मारिइसकेका छन् । चरीपछि एमालेको छत्रछाँयामा गुण्डागर्दी गर्ने चमेरो पक्राउ परेका हुन् । चमेरो नेकपा एमाले निकट युवा संघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
प्रहरी उपरीक्षक सहकुलबहादुर थापा चितवन आएपछि उनले अपराध नियन्त्रणमा सक्रिय छन् । थापा चितवन आएको एक महिना पनि बितेको छैन । उनी आएपछि गुण्डागर्दी, जबर्जस्ती, चन्दा असुली, अपहरण, कुटपिट र धम्कीजस्ता आपराधिक कृयाकलापमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

विभिन्न राजनीतिक पार्टीसँग निकट सम्बन्ध बनाएका मात्र नभई पार्टीको भ्रातृ सगंठनमा आवद्धहरु पनि सार्वजनिक अपराध आरोपमा पक्राउ पर्ने क्रम रोकिएको छैन । गुण्डागर्दी र जबरजस्ती चन्दा असुली आरोपमा चितवन प्रहरीले आइतबार नारायणगढबाट प्रकाश रेग्मी चमेरोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले रेग्मीलाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही अघि बढाइने जानकारी दिए ।


www.nepalikonews.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.