इबोला कसरी सर्छ र कसरी सर्दैन: जानी राखौं !


अफ्रिकाबाट शुरू भएर हाल कम्तिमा तीन महादेशसम्म फैलिइसकेको इबोला रोगले संसारभर मानिसहरुलाई त्रस्त बनाएको छ । तर, यो त्रासबाट माथि उठेर हेर्ने हो भने के देखिन्छ भने जन स्वास्थ्यका लागि यो एउटा मात्र जोखिम हैन।



पछिल्ला दशकहरुमा देखा परेका विश्वव्यापी स्वास्थ्य संकटहरुमध्ये एचआइभी एड्सजस्ता रोगहरुसित बाँच्न हामीहरु अभ्यस्त भइसकेका छौं भने सार्स र स्वाइन फ्लू भनिने एचवन एनवन इन्फ्लुएन्जाजस्ता संकटहरु चर्चामा आउँदै हराउँदै गरेका छन् र बर्ड फ्लू भनिने एभियन इन्फ्लुएन्जा चाहिं लोड गरिएको तर ट्रिगर दबाउन बाँकी राइफलजस्तै बनेर हाम्रै वरिपरि घुमिरहेको छ।

तीव्र रुपमा बढिरहेका उच्च रक्तचाप र मधुमेहजस्ता मोटोपनजन्य रोगहरु र क्यान्सरजस्ता नसर्ने रोगहरु मात्र नभएर एन्टिबायोटिक—प्रतिरोधी संक्रमणजस्ता सर्ने रोगहरु पनि अब जनस्वास्थ्यका सदाकालीन चुनौतीका रुपमा देखा परेका छन् ।

तर यो तथ्यले के कुरालाई नकार्दैन भने, त्यस्ता धेरै जोखिमहरुमध्ये अहिलेका लागि इबोला प्रमुख जोखिम भएर देखा परेको छ ।
१) बिरामीको शरीरबाट आउने तरल पदार्थहरु तथा छाला–छालाबीच हुने सम्पर्कबाट
   क) थुकः जुठो खाँदा, चुम्बन गर्दा, बिरामीको स्याहार गर्दा
   ख) छालाको सम्पर्कबाटः
हात मिलाउँदा, आलिंगन गर्दा, साझा लुगा, ओछ्यान, टावेल आदि प्रयोग गर्दा
बिरामीले छोएको सतह –जस्तै भित्तो, अन्य पर्खाल, बस्ने ठाउँ, बेड, आदि खाली हातले छुँदा
यात्राको बेला बिरामीले छोएको सीटको सतह, डण्डी, ढोका, आदि खाली हातले छुँदा
साझा साधनहरु –जस्तै कुचो, ब्रश र दैनिक जीवनका अरु सामाग्री खाली हातले समातेर प्रयोग गर्दा
पैसाको नोट समात्दा, बिरामीले प्रयोग गरेको एटीएम मेशिन आदि चलाउँदा
खास पेशामा मानिसहरुको शरीर खानतलासी लिने आदि काम गर्दा

 ग)  स्वासप्रश्वास र खोकीको बेला निस्किने मिहीन थोपाहरु (जनावरहरुमा सर्ने प्रमाणित भइसकेको तर मानिसमा यसरी सर्छ नै भन्ने प्रमाण नभेटिएको)
राम्रो भेन्टिलेशन नभएको कोठामा बिरामीसँगै बस्दा
साँगुरो सवारी साधनमा कोचिएर यात्रा गर्दा
अस्पताल, बैंक वा अन्य ठाउँमा भीडमा उभिएर वा बसेर पालो कुर्दा
विना मास्क बिरामीको सेवा गर्दा वा बिरामीलाई भेट्न जाँदा
ट्राफिक प्रहरीले आफ्नो नाकले सुँघेर मादक पदार्थ सेवनको जाँच गर्दा

  घ) वीर्य
संक्रमण भएको साढ़े तीन महिनासम्म वीर्यमा भाइरस देखिइरहन सक्ने भएकाले खास गरी रोग निको हुनेहरुमा रोग निको भइसकेपछिका लागि रोग सर्ने यो तरिकाबारे ध्यान दिनु जरुरी छ ।
    ङ)  आँशु
रोगीसित साझा रुमाल आँखा पुछ्न प्रयोग गरेमा

     च)  मृत शरीरबाट
इबोलाको कारण कसैको मृत्यू भएपछि पञ्जा नलगाई लाशका कपडा खोल्ने, लाश चलाउने, आदि गरेमा
मृतकले प्रयोग गरेका बिछ्यौना, लुगाफाटा र अन्य सामानहरु सुरक्षित रुपमा व्यवस्थापन नगरेमा
त्यस्तो मृतकको पोष्ट मार्टम गर्नु परेको खण्डमा उचित सावधानी नअपनाई शरीरको कुनै तरल पदार्थ छालाको सम्पर्कमा आएमा

      छ)   स्वास्थ्यकर्मीहरुका लागि
स्वास्थ्यकर्मीले बिरामी जाँच्दा वा बिरामीमा अन्य कुनै प्रोसिजर गर्दा युनिभर्सल प्रिकसन नअपनाएमा
निडल प्रिक एक्सिडेन्ट भएको अवस्थामा
      ज) अन्यः
संक्रमित चमेरो, सुँगुर, आदि प्राणीसित सम्पर्क भएमा

इबोला नसर्ने अवस्थाहरु


यथेष्ट अध्ययनको अभावमा अरु रोगहरु झैं यसो गर्दा इबोला सर्दै सर्दैन भनेर तोकिएको अवस्था अहिले छैन, जुन विवरण भविष्यमा चाहिं आउने सम्भावना छ । त्यसको एउटा अपवाद लामखुट्टेको टोकाइ हो जसबाट इबोला सर्दैन भनिएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.