श्रीकृष्ण श्रेष्ठको वियोगमा श्वेता भन्छिन् – बाचुन्जेल श्रीकृष्णको याद बोक्छु



काठमाडौं, कार्तिक १०,

विवाह गरेको महिनादिन पनि बित्न नपाउँदै आफूले निकै माया गरेको, पर्दामा मात्र हैन जनताको नजरमा पनि हिरो साबित अभिनेता पति श्रीकृष्ण श्रेष्ठको वियोगले नायिका श्वेता खड्का अझैसम्म पनि सहज जीवनमा फर्कन सकेकी छैनन् ।

उनले आइतबार आफ्नो फेसबुकमार्फत नायक पति श्रीकृष्णको यादलाई सधैंभर साथ लिएर हिँड्ने प्रण गरेकी छिन । श्वेताले फेसबुकमा लेखेकी छिन्, ‘निकै खुसी भएर केही महिनापहिले मात्र मैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने सोच गरेको थिएँ । तर, अहिले मैले जति प्रयास गर्दा पनि म आफ्नै खुट्टामा उभिन सकेकी छैन । वास्तवमा भन्नुपर्दा, मेरो केही गर्ने जाँगर मरिसकेको छ, मलाई अहिलेसम्म पनि मेरो बिस्ताराबाट उठेर हिँड्ने आँट आएको छैन ।’

‘आफैँलाई हेर्दा प्रश्न गर्ने गर्दछु– के म त्यही श्वेता हो र ? यो साँचो हो, यदि तपाईंले पहिलोपटक कसैलाई मन, मष्तिस्क र मुटुले माया गर्नुहुन्छ भने यसले तपाईंलाई परिवर्तन गरिदिनेछ र उनको याद इतिहाससरि मानस्पटलमा ताजा भइरहन्छ जसलाई कहिले पनि मेट्न सकिन्न ।’
‘मेरो प्यारो श्रीमान्, तपाईं मेरो जीवनको वास्तविक हिरो हुनुहुन्छ र म तापईंलाई मेरो मुटुमा सधैँ मायाले जतन गरेर राख्नेछु । तपाईं अहिले जहाँ भए पनि म तपाईंलाई मेरो जीवन रहुन्जेल आफूसँगै लिएर अगाडि बढ्नेछु । म सधैँ तपाईंको नै हुनेछु । म सधैँ तपाईंसँगै हुनेछु । तपाईंको याद निकै धेरै आइरहेको छ ।”
– तपाईं अनि मात्र तपाईंकी श्वेता



www.hamrosandesh.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.