२८ असोज, काठमाडौं । विशेष अदालत काठमाडौंले डा. सीके राउत ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतसँग धरौटीमा माग गरेको हो । अहिले राउत पक्षधर धरौटी बुझाउने प्रक्रियामा छन् ।
जन्मकैदको माग गर्दै असोज २२ गते विशेष अदालतमा राउतविरुद्ध राज्यविप्लवको मुद्धा दायर भएको थियो । मोरङको सोराभाग-३, रंगेलीमा सर्वसाधारणलाई भेला गराई डर त्रास फैलाई आतंकित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको अभियोग थियो ।
राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खदल पुरी अव्यवस्था उत्पन्न गराएको अभियोग थियो ।
तर, राउतले अदालतमा बयान परेका छन् । उनले आफूले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ नभनेको बयान दिएको अदालत स्रोतले जनाएको छ ।
सीके राउतलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses