आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष जेल

काठमडौं,असोज ३० – छोरी बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले बुधबार एक बाबुलाई २० वर्ष जेल सजायको फैसला सुनाएको छ । ती बालिकाकी आमाले पतिविरुद्ध गत बैशाखमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी अनुसन्धानबाट उनले चार वर्षदेखि छोरीलाई जवरजस्ती गरेको खुलेपछि अदालतमा मुद्दा दायर भएको थियो । जाहेरीमा स्कुल नगएको मौका छोपेर डरत्रास देखाई बलात्कार गरेको उल्लेख थियो । आजको अन्नपूर्ण पोष्ट दैनिक लेख्छ – अदालतको आदेशअनुसार अभियुक्त गत जेठ २२ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । पीडितको सामाजिक प्रतिष्ठालाई ध्यानमा राखेर प्रहरी र अदालतले नाम गोप्य राखेको छ । ललितपुर जिल्ला अदालतका न्यायधीश टेकनारायण कुँवरको इजलासले अभियुक्तलाई २० वर्ष जेल सजाएको फैसला सुनाएको हो । पीडितको मानसिक,शारीरिक र मनोवैज्ञानिक क्षतिपूर्तिका लागि राज्यका तर्फबाट स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श निःशुल्क उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.