मैले संयमित भूमिका नखेलेको भए, त्यो दिन सिंहदरबार जल्थ्योः राजकुमार लेखी
जनताजी महासंघको अध्यक्षपछि तपाईको भूमिका के हो ?
- जनजाती महासंघको अध्यक्षको कार्यकाल सकिएपछि म अहिले राजनीतिमा फर्कीएको छु । म पूर्णकालीन राजनीतिक कार्यकर्ता हो, राजनीतिमै होमिन्छु । राजधानीमा पनि हरेक हप्ता साना तिना भेला भइरहेका छन् । हालै पूर्वी तराईको भ्रमण सकेपछि केहि दिनमै सुदुरपश्चिम जादैँछु ।

तपाईँ अध्यक्ष रहेको नयाँ पार्टीको खासै चर्चा देखिएन नि ?
- हामी चर्चामा रहन चाहन्नौ, हामी कार्यक्रमले जनतामा चिनिने हो । पूराना पार्टीले जस्तो हामीले अहंकार पालेका छैनौ । एक बर्षपछि हाम्रो पार्टीलाई जनताले चिन्नेछन् । हामी अरु भन्दा पृथक बन्न चाहन्छौ, चर्चा कमाउने हाम्रो मनसाय होइन । हामी तत्काल निर्वाचनमा भाग लिदैनौ ।

संविधानसभामा सहभागि हुनैकै लागी पार्टी खोल्ने लहड चलिरहेको समयमा तपाईँहरू चाही किन चुनावमा भाग नलिने ?
- त्यही गलत संस्कार चिर्नको निम्ति हामी सय–डेडसय पार्टीको भीडमा लागेनौ । पूरानो चिन्तन शैली समातेर कतिपय नयाँ पार्टी अबसरको फाइदा लिन र च्याखे थाप्न चुनावमा जान लागेका छन् । हामी त्यो गर्न चाहदैनौ । नैतिक मूल्य मान्यतालाई जोगाउन, केही समयलाई त्याग गरौ । जनताको एजेण्डालाई हामी केही कार्यक्रम दिएपछि मात्र चुनाव लड्ने नैतिक आधार बन्छ भनेर सुझबुझपूर्ण निर्णय गरेका हौ । हामीलाई थाहा छ, चुनावमा भाग लियौ भने केही सिट अवस्य जित्छौ । तर हामीलाई त्यो लोभ छैन् ।

तपाईँको पार्टीको लक्षित वर्ग कुन हो ?
- हामी हाम्रो पार्टीलाई (राष्ट्रिय नागरिक पार्टी) मुल धारको राजनीतिक पार्टी बनाउदै छौ, कुनै जात वा वर्ग विशेषको कुरा गर्दैनौ । कर्णालीका बाहुनपनि त्यतिकै गरिब र अवसरबाट बञ्चित छन । मुलधारमा उनीहरुको पहुँच र सुनुवाइ छैन, हामी सबैलाई अधिकार दिलाउन चाहन्छौ । हाम्रो पार्टी समावेशी चरित्रको छ ।

अहिले संघीयताको कुरा कहाँ पुगेको छ ?
- समयले फड्को मारिसक्यो, हामी ०६३ को अवस्थामा छैनौ, देश संचालन गर्ने ड्राइभरले मुलुकलाई अन्यत्रै मोडने काम गरेको छ । संघीयताबाट राज्यपुर्नसंरचनाबाट पूराना पार्टीहरु धेरै पछाडि हटेका छन् । अहिलेको निकासको सबैभन्दा कठिन कुरा यही बनेको छ । जे आश्वासन दिएर चुनावमा मत मागेका थिए, त्यो प्रतिबद्धताबाट पूराना पार्टी अलग बनेका र दलहरू पछि हटेका कारण चुनाव अन्यौलमा परेको छ ।

संघीयताको मुद्दाबाट मुलुक पछि फर्केको हो ?
- जुन मोडेलको संघीयताको यहाँ चर्चा भयो त्यो संघीयताको मोडलसँग मैले जहिले पनि फरकमत राखेको थिए । त्यो मोडेलको संघीयतामा मुखले जाने कुरा गरे तर व्यवहारमा संघीयताको घाटी निमोठने काम यीनै नेताले गरेका हुन् ।

जनजाति महासंघ दलहरूले कस्तो आश्वासन दिएका थिए ?
- हामीले त्यतिबेलापनि जुन अवधारणा पारित गर्यौ, सानो प्रदेश, सस्तो प्रदेश र बहुप्रदेश बनाउने अवधारणा पारित गरेका थियौ । देशमा ७५ वटा जिल्ला चल्न सक्छ भने, ३० वा ३५ प्रदेश किन चल्न सक्दैन । संघीयता हामीलाई विकास निर्माणको निम्ति र घर आँगनमा अधिकार पुर्योउनको निम्ति चाहिएको थियो । राजनीतिक दलले संघीयताको वास्तविक मर्म जनतालाई बुझाउन सकेनन्, संघीयता भनेको देश टुक्रिन्छ भनेर बुझाउने काम भयो । नेताहरूले छलकपट र ढाँट कुरा गरेका कारण समस्या आएको हो ।

जनजाती अभियान्ताहरूले चर्का कुरा गरेका कारण पनि आशंका बढ्यो भन्छन नि ?
- मैले भन्दै आएको छु, आदिवासी जनजाती भित्रकापनि अतिवादीहरूले अराजकता निम्ताउन चाहानेहरूले संघीयताको कुरा नगरेर जातीय राज्यको कुरा गरे । जातीय राज्य मागे, कतिपय जनजाती नेताहरूले जातीय राज्य मागेका हुन् । तर, मैले त पटक पटक भन्ने गरे, जातीय राज्य हाम्रो माग होइन । संघीयता विकास निर्माणको निम्ति हो, गाऊँ घर आँगनमै अधिकार दिन हो । त्यसका लागि ठूलो राज्य किन चाहियो ?

संघीयता र जातीय राज्य फरक विषय हो ?
- फरक बिषय हो, संघीय राज्य पहिचानको राज्य एउटा मोडेल हो भने, एकात्मक केन्द्रीकृत जातीय राज्य एउटा मोडेल हो । जातीय राज्यमा एउटा जाती, भाषा, धर्म र परम्परा एउटा वर्गको वर्चश्व हुन्छ भने । संघीय राज्य वा संघात्मक व्यवस्थामा सबैले अधिकार प्राप्त गर्न सक्छन् । संघीय राज्य भनेको जातीय राज्य होइन ।

अराजकता निम्ताउन चाहाने अतिवादी कहाँबाट परिचालित थिए ?
- हेर्नुस्, संघीय राज्यको आडमा केही अतिवादीले जातीय राज्यको माग गरेका हुन्, मलाईँ पनि कतिपय अन्तराष्टिय शक्तिकेन्द्रका मतियारहरूले भेटेर प्रभावित गर्न खोजेकै हुन् । मैले प्रष्ट भनेको थिए, नेपालमा जातीय राज्य संभव छैन् । नेपालको सामाजिक बनोट, सांस्कृतिक, धार्मीक र सामुदायिक संरचनाको हिसाबले जातीय राज्य संभव छैन् । त्यसकारण जातीय राज्यको चर्को नारा लाग्दै गरेको समयमा मैले सयौ पटक जातीय राज्यको विरूद्ध संघीय राज्य भन्ने गरेको छु । संघीय राज्य किन चाहियो भने, सबै नेपालीलाई गाँऊ घरमै अधिकार दिन सकेनौ । कर्णालीका जनतालाई हामीले समान व्यवहार गर्न सकेनौ, विकास निर्माण र अवसर दिनका लागि संघीय राज्य मागेका हौ । यो कुरालाई राजनीतिक दलका नेता र कतिपय अतिवादीले संघीयतामा नजान र अधिकार नदिनका निम्ति उनीहरू घुमाउरो पाराले जनताको एजेण्डालाई बदनाम गर्ने काम गरे ।

जातीय राज्यको पक्षमा अपारदर्शी लगानी आएको को आरोप लाग्ने गरेको छ नि ?
- संविधानसभा विघठनको संघारमा मैले सन्तुलित भूमिका, समन्वयकारी निर्वाह नगरेको भए संघीयताको नाममा जातीय राज्यको नाममा, त्यतीबेला संविधानसभा विघठनको संघारमा जतिबेला महासंघले जेठ ७ देखी ९ गते नेपाल बन्द आह्वान गरेका थियौ, मैले अलिकति पनि समन्वयकारी भूमिका वा सन्तुलित भूमिका नगरेको भए, सिंहदरबार जल्न सक्थ्यो । बल्खु दरबार, पेरिशडाँडा दरबार र सानेपा दरबार जल्ने ठूलो संभावना थियो । मैले सन्तुलित भूमिका निर्वाह गरेकै कारण त्यो भयाभह अवस्था निम्तिन पाएन ।
बिसौ बर्षदेखी एउटै थरका, एउटै समूहका कतिपयले आन्दोलनलाई पेवा बनाएको देखेको छु । आदिवासी जनजाती भित्रपनि सामन्ती चिन्तन र ब्राह्मणवादी चिन्तन बोकेका आदिवासी जनजाती भित्रका ब्राम्हणहरू जसले सिंगो जनजाती आन्दोलनलाई कतिपय बेलामा साम्प्रदायिक आन्दोलन बनाउन खोजे । र, जातीय राज्यको माग गरे, उनीहरूको भन्दा फरक मत राखेर, विचार राखेर मुल धारको आन्दोलन बनाउन खोजे । अहिले आदीवासी जनजाती आन्दोलन मुल धारको आन्दोलन भएर अगाडी बढिरहेको छ ।

संघीयतामा जादा तराई मधेशमा कति प्रदेश बनाउदा तपाई (थारू)हरुलाई चित्त बुझ्छ ?
- तराई मधेशमा एक वा दुइ प्रदेश सामान्ती चिन्तन बोकेका, महेन्द्रवादी चिन्तन बोकेका र राजा रजौटा बन्ने सपना देखेका मान्छेको चिन्तन र विचार हो । हामी संघीयतामा जान इच्छुक छौ भने, यसको अर्थ हामी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौ, संघीयताको अवधारणा त्यो बनाउन सकिन्छ । पहाडमा जति प्रदेश हुन्छ, तराईँमा त्यति प्रदेश किन नबनाउने ? एउटै देश भित्र पहाडमा पाँच सातवटा प्रदेश बनाउँदा तराईँमा एकाध व्यक्तिलाई धेरै अधिकार दिनका लागि, श्रीपेच बिनाको राजा वा मठाधिश बनाउन ठूलो प्रदेश किन बनाउने ? जनसंख्या एउटा आधार हुनुपर्छ, मेरो धारणा नेपालमा स्वस्फुर्त ढंगले नेपालको विकास गर्नको लागि सानो प्रदेश, सस्तो प्रदेश र बहुप्रदेश बनाउनु पर्छ ।
हामी पजेरो चढने होइन साइकल, मोटर साइकल चढने मुख्य मन्त्रीको कल्पना गर्नुपर्छ । अर्थात् एउटा सिंहदरबारको दश-बाह्रबाट सिंहदरबार बनाउनु हुदैन । तराईँमा दुई प्रदेश बनाउने भए संघीयतामा नगए हुन्छ । दुई प्रदेश बनेको पर्सीपल्टबाट पहाडमा जति प्रदेश छन्, तराईँमा पनि त्यति प्रदेशको चाहिन्छ भन्ने आन्दोलन सुरु हुन्छ । तराइका मठाधिशलाई तराइका जनताको मुख्यमन्त्री बन्ने त्यो अभिलासा छ, ठालू बन्ने सपना देखेका छन् । एउटा ठालुको ठाऊँमा सबै जनतालाई अधिकार बाढ्न संघीयता चाहिएको हो ।

संघीयताको मुद्दालाई अब कसरी सेटल गर्ने ?
- मलाइ लाग्छ, हामी सबैले राजनीतिक दलका नेताहरूले पनि नागरिक समुदाय, अरु बौद्धिक व्यक्तित्व र संचार माध्यममा काम गर्ने संचारकर्मी साथीहरुले पनि सन्तुलित भएर । शान्ति, लोकतन्त्र, स्थायीत्व र समानताका निम्ति सन्तुलित भूमिका निर्वाह गर्न सकेनौ भने केही दलका नेताको बलबुताले मात्रै, केही नेताको प्रयासले मात्र नेपालमा म तत्काल समाधान देख्दिन । तर, संघीयताबाट मुलुक पछि हटन सक्दैन्, संघीयताको उचित व्यवस्थापनले मात्र देशलाई निकाश दिन्छ ।
- See more at: http://nepaliheadlines.com/singhdurbar-would-burn-if-i-wasn-t-there-says-rajkumar-lekhi.html#sthash.B6j2dSHR.dpuf
- मलाइ लाग्छ, हामी सबैले राजनीतिक दलका नेताहरूले पनि नागरिक समुदाय, अरु बौद्धिक व्यक्तित्व र संचार माध्यममा काम गर्ने संचारकर्मी साथीहरुले पनि सन्तुलित भएर । शान्ति, लोकतन्त्र, स्थायीत्व र समानताका निम्ति सन्तुलित भूमिका निर्वाह गर्न सकेनौ भने केही दलका नेताको बलबुताले मात्रै, केही नेताको प्रयासले मात्र नेपालमा म तत्काल समाधान देख्दिन । तर, संघीयताबाट मुलुक पछि हटन सक्दैन्, संघीयताको उचित व्यवस्थापनले मात्र देशलाई निकाश दिन्छ ।
0 comments
Write Down Your Responses