आफ्नै स्तन मिची मिची दुध बिक्री : एक लिटरको ५० हजार

किसान तथा व्यापारीले गाइभैँसीको दुध बेच्छन् । तर के मान्छेको दुधको किनबेच भएको सुन्नुभएको छ ? कुनै आमाले आफ्नो दुध बेचेको सुन्नुभएको छ ? महिलाले सन्तानलाई स्तनपान गराउँछिन् त्यसैले आफ्नो वक्षस्थलको दुध बेच्ने कुरै भएन । तर बेलायतकी एक चर्चित मोडलले भने आफ्नो दुध बेचेर मनग्गे कमाउने योजना बनाएकी छिन् ।
निकै ठूला तथा कामुक वक्षस्थल तथा विवादास्पद गतिविधिका कारण बेलाबेलामा चर्चामा आइरहने मोडल जोसी कनिंघमले आफ्नो दुध दिनहुँ बेचेर पैसा कमाउने घोषणा गरेकी हुन् ।
चर्चामा आइरहन मन पराउन जोसीले गर्भवती हुँदा समेत सधै धूमपान गरेका कारण विवादमा परेकी थिइन् । र अहिले बच्चा पाइसकेपछि आफ्ना दुध बच्चालाई खुवाउनुको साटो दुध दुहेर त्यसलाई बेच्दैछिन् ।
उनले निर्धारण गरेको मूल्य सूचि अनुसार उनको दुधकेा मूल्य प्रति लिटर झण्डै ५० हजार रुपैयाँ पर्छ । उनले एक औँस दुधको मूल्यको झण्डै १६ सय रुपैयाँ सम्म तोकेकी छिन् । तर उनले आफ्नो दुधमा पनि दोहोरो मूल्य कायम गरेकी छिन् । काखे सन्तान रहेका दुध चुसाउने आमाहरुले निकै सस्तोमा उनको दुध पाउनेछन् अर्थात् एक औँसको जम्मा २ पाउण्ड अर्थात् झण्डै ३२० रुपैयाँ ।
तर ती मोडलको दुध पिउन चाहने पुरुषहरुले भने निकै चर्को मूल्य तिर्नुपर्नेछ । क्रेजी पुरुषहरुले एक औँसको १० पाउण्ड अर्थात् झण्डै १६ सय रुपैयाँ तिर्नुपर्नेछ ।
आफुले एक दिनमा ३० औँससम्म दुध उत्पादन गर्न सक्ने र दिनमै ३ सय पाउण्ड -अर्थात् ५० हजार रुपैयाँ) को हाराहारीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘मेरो स्तन पार्टनरका लागि हो, मेरो बच्चाका लागि होइन ।’
केही दिनअघि इन्टरनेटमार्फत उनले बच्चालाई आफ्नो स्तनपान गराउनु भनेको निकै मूल्यहीन तथा फोहोर कुरा भएको बताएपछि उनको तिब्र आलोचना भएको थियो ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.