मोदिले घटाउन लगाए नेपाल फोन गर्ने महशूल

काठमाडौं, कात्तिक २


प्रधानमन्त्री कार्यालयले पत्र पठाएपछि घट्यो महसुल

भारतीय प्रधानमन्त्रीको कार्यालयले छिमेकी मुलुकमा गर्ने टेलिफोन महँगो भएको विषय टेलिकम डिपार्टमेन्टमा उठान गरेपछि सरकारी टेलिफोन सेवा प्रदायक कम्पनी बिएसएनएलले नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल ३५ प्रतिशतले घटाएको छ।

दि इकोनमिक टाइम्सले आइतबार दिएको समाचार अनुसार, बिएसएनएलले भारतीय १८ रूपैयाँ मूल्यको विशेष ट्याफि भाउचर (एसटीभी) जारी गरेको छ, जसले नेपालमा टेलिफोन गर्दा भारतीय ६ रूपैयाँ ५० पैसा प्रति मिनेटमा नेपालमा टेलिफोन गर्न सकिने छ।

सामान्यतः यसका निम्ति भारतीय १० रूपैयाँ लाग्ने गरेको थियो। निजी क्षेत्रका सेवा प्रदायक भारती एअरटेल  भोडाफोनले प्रतिमिनेट १२ रूपैयाँ लिने गरेका छन्।

टेलिकम डिपार्टमेन्टले सेवा प्रदायकहरूसँग गरेको बैठकमामा नेपालले उच्च टर्मिनेसन दर तोकेको हुनाले आफूले महसुल महँगो गराउनु परेको गुनासो गरेका थिए। बिएसएनएलले ६ रूपैयाँ ५० पैसामा फोन गर्न दिँदा आफूलाई ५० पैसा मात्र नाफा हुने र बाँकी सबै कर, टर्मिनेसन चार्ज, स्पेक्ट्रम शुल्कमा खर्च हुने बताएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउनमा नेपाल भ्रमण गर्दा भारतबाट नेपालमा टेलिफोन गर्न दर महँगो भएको बताएका थिए। प्रधानमन्त्री कार्यालले टेलिकम डिपार्टमेन्टलाई पत्र लेखेर यस विषयमा छलफल गर्न भनेका थिए। डिपार्टमेन्टले अर्को सेवा प्रदायक टेल्कोज्सँग केही सातामै बैठक गर्ने भएको छ।

औद्योगिक निकाय सिओएआइ महानिर्देशक राजन एस माथ्युले भारतीय सेवा प्रदायकहरूले ४० पैसामात्र लिने गरे पनि नेपालले उच्च दरमा टर्मिनेसन चार्ज लगाउने गरेको हुनाले यसलाई संवोधन गर्न नियामक निकायको हस्तक्षेप आवश्यक भएको बताए।

मोदीले संविधानसभालाई संवोधन गर्ने क्रममा दुई देशबीच टेलिफोन गर्दा महँगो दरका कारण कुराकानी गर्न अप्ठ्यारो पर्ने गरेको बताएका थिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.