पहिचान सहितको संघियेता नभए आन्दोलन गर्ने चेतावनी

पहिचान सहितको संघीयता पक्षघरले बिहीबार काठमाडौंमा गरेको अन्तक्र्रिया कार्यक्रममा गुरुङले सबै क्षेत्र, वर्गका जनताका लागि संघीयता अनिवार्य रहेको भन्दै पहिचान सहितको संघीयता अनिवार्य रहेको बताए ।
दलहरु एकात्मक राज्यको संविधान बनाउन खोजेको आरोप लगाउदै उनले आफूहरुको आन्दोलन जारी रहने समेत धारणा राखे ।
नेपाल बहुजातीय बहुभाषिक, बहुधार्मिक सहितको विविधता युक्त संस्कृती बोकेको मुलुक भएकाले बिगतमा बनाईएको राज्यको पुनसंरचनाको फेरवदल आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राज्यपुनसंरचनाको कुरालाई प्राथमिकतामा राखेपनि कसरी बनाउने भन्ने विषयमा भने छलफल नै नभएको उल्लेख गरे ।
शीर्ष दलहरुले जनताको हितमा नभई बाध्यताले नै राज्यको पुनसंचना लागेको उनेको आरोप थियो ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.