विश्वमै पहिलो झ्यालवीहिन हवाइजहाज उडान भर्ने तयारी -: अाउँदैछ झ्यालबिहीन जहाज







विश्वको पहिलो झ्यालवीहिन हवाइजहाज उडान भर्ने तयारीमा छ । यो अद्भुत हवाइजहाजका बेलायती निर्माताले यसको परीक्षण उडान गर्ने भएका छन् ।
यो जहाजमा झ्याल हुनेछैन तर बाहिरको सबै दृश्य यात्रुले आफ्नै आखा अगाडि देख्न पाउनेछन् ।

यस्तो कसरी सम्भव होला ? हो, यसमा झ्यालको साटो यस्तो पर्दाको प्रयोग गरिएको हुन्छ जसले बाहिरको सबै दृश्य यात्रुलाई देखाइदिन्छ ।
बेलायती समाचार संस्था गार्जियनका अनुसार यो झ्यालवीहिन जहाजमा यात्रुले आकाश तथा धर्तीका चौतर्फी दृश्य आफ्नै आखा अगाडि देख्न पाउनेछन् भने आफ्नो रुची अनुसार स्क्रिनलाई बदल्न पनि सक्नेछन् । यात्रुहरुले स्क्रिनमा ट्याप गरेर वा इन्टरनेटमा सर्च गरेर स्क्रिनमा देखिएको ठाउँको पहिचान समेत गर्न पाउनेछन् । यस्तो जहाज निर्माता सेन्टर फर प्रोसेस इनोभेसन सिपिआइका वैज्ञानिकहरुले यसलाई ‘द विन्डोलेस क्याबिन विथ अ भ्यू’ नाम दिएका छन् ।

वैज्ञानिकले भनेका छन्, ‘हावामा उडान भरेको समयमा अब   सानो प्लास्टिकको  झ्यालबाट दुनियालाई हेर्ने चलन अब छिटै अतीतको हिस्सा बन्नेछ । भविष्यका विमानमा झ्यालविना नै सफा तथा स्पष्ट र मनोरम दृश्य हेर्ने सुविधा मिल्नेछ । हामी अल्ट्रा फ्लेक्सिबल, हाइ डेफिनेसन डिस्प्ले प्रविधिको विकाश गरिरहेका छौँ । जसको क्याविनको भित्री भित्तामा जहाजको बाहिरी भागमा राखिएका क्यामराले खिचेका लाइभ फुटेजलाई सफासँग देख्न सकिनेछ ।’

मनोरम दृश्य देख्नुका साथै आन्तरिक डिजिटल वालपेपरका माध्यमबाट यात्रुहरुले क्याबिनको प्रकाश तथा दृश्यलाई बदल्न समेत सक्नेछन् । साथै यो विमानको ओएलइडी स्क्रिनलाई मल्टिमिडिया डिभाइसको रुपमा समेत प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यो जहाजभित्र हुने स्क्रिन पातलो, मोड्न सकिने तथा निकै हलुका हुने भएकाले यसले उडानको भार समेत कम गर्न मद्दत मिल्नेछ । वजन कम हुनुको अर्थ इन्धनको खपत समेत कम हुनु हो । जसका कारण हरितगृह ग्यासको उत्सर्जन कम हुने र उडान लागत समेत घट्ने वैज्ञानिकहरुको दाबी छ ।


www.onlinekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.