के उमेर छिप्पिदामा पुरुषको सुक्रकीटको गुणस्तर घट्छ ? के भन्छ विज्ञान ?



एजेन्सी । धेरैलाई लाग्नसक्छ उमेर ढल्केसँगै पुरुषको शुक्रकिटको गुणस्तर घट्छ । तर उमेर छिप्पिँदैमा शुक्रकिटको गुणस्तर तथा क्षमतामा कुनै असर नपर्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।बेलायतमा गरिएको अनुसन्धानले लक्का जवान युवा र उमेर ढल्केका पुरुषहरुको शुक्रकिटको गुणस्तर तथा प्रजनन क्षमता समान रहेको तथ्य पत्ता लागेको हो । न्युक्यासल फर्टिलिटी सेन्टरकी वैज्ञानिक डाक्टर मिनाक्षी चौधरीका अनुसार सन् १९९१ देखि २०१२ सम्मको अवधिमा ३९ हजार २८२ जना महिलामा गरिएको कृत्रिम गर्भाधानको नतिजाले उमेर ढल्केका पुरुष र तथा जवान पुरुषको शुक्रकिटको सफलताको दर समान रहेको देखाएको छ ।

उनका अनुसार पुरुष ४५ वर्ष ननाघुञ्जेलसम्म उसको शुक्रकिटको गुणस्तरमा कुनैपनि फरक आउँदैन ।
खासगरी विर्यदान गर्ने विर्यदाताको हकमा यस्तो अध्ययन गरिएकोमा यसबाट प्राप्त नतिजा केही हदसम्म वृद्ध दम्पतीहरुको सन्तानोत्पादनको सम्भावनाका विषयमा अड्कल काट्न समेत उपयोगी हुने ठम्याइ विज्ञहरुको छ ।

पुरुषको उमेर ढल्किँदै जाँदा उसको शुक्रकिटको गुणस्तर घट्ने र त्यसले डिम्बसँग मिलन गरि प्रजनन गर्न नसक्ने मानसिकता धेरै मानिसहरुमा हुने भएपनि पाका पुरुषहरुको शुक्रकिट जवानको जस्तै क्षमतावान हुने र त्यसले प्रजनन गर्न सक्ने दाबी वैज्ञानिकको रहेको छ । पुरुष शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा उसको उमेर पाको भएपनि शुक्रकिटको गुणस्तर राम्रो हुन्छ ।

७३ वर्षको उमेरमा ११ औँ सन्तान जन्माएका प्रसिद्ध हास्यव्यंगकार चार्ली चाप्लिनको उदाहरण दिँदै बेलायती प्राध्यापक एलान पासीले उमेर छिप्पिँदैमा शुक्रकिटको क्षमता नघट्ने भएपनि पुरुषले ४०(४५ वर्षमै बाउ बन्न उपयुक्त हुने सल्लाह दिन्छन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.