चीनमा इबोलाको उच्च जोखिम, नेपालमा समेत खतरा हुने भो ..



पश्चिम अफ्रिकामा महामारीकै रुप लिइरहेको इबोला भाइरस पत्ता लगाउने मध्येका एक वैज्ञानिकले हाम्रो छिमेकी देश चीन समेत इबोला रोगको उच्च जोखिममा रहेको बताएका छन् ।

ठूलो संख्यामा चिनिया कामदारहरु अफ्रिकामा आवत जावत गर्ने भएकाले इबोला भाइरस चीनमा पुग्नसक्ने ठूलो खतरा रहेको उनको भनाइ छ ।
बेलायतको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका निर्देशक पिटर पायोटले इबेाला भाइरस चीनसम्म पुग्न सक्ने सम्भावना निकै उच्च रहेको बताएका डेलीमेलले उल्लेख गरेको छ ।
विश्वमा मानिसहरुलाई आवत जावत गर्नबाट रोक्न नसकिने भएकाले जुनसुकै मुलुकमा समेत इबोला रोगी पुग्न सक्ने भएपनि चीन अझै बढी खतरामा रहेको बताएका छन् ।
चीनमा संक्रमण नियन्त्रणको संयन्त्र समेत निकै कमजोर रहेको र खासगरी आफुले भ्रमण गरेका चीन्का सार्वजनिक अस्पतालमा रोगको संक्रमण नियन्त्रणको तह तल्लो स्तरमा रहेको उनको भनाइ छ ।
चीनमा इबोला भाइरस आइपुगेमा त्यसले नेपालमा समेत खतरा बढाउने विज्ञहरु बताउँछन् । चीनसँग नेपालको सीमाना जोडिएको र दिनहुँ ठूलो संख्यामा चिनिया पर्यटक नेपाल आउने र नेपालीहरु समेत विभिन्न प्रयोजनका लागि चीन जाने भएकाले चीनमा भित्रिने कुनैपनि संक्रमण नेपाल छिर्ने जोखिम उच्च हुन्छ ।


www.onlinekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.