सिके राउतलाई मानसिक यातना र दुई घण्टासम्म बयान

काठमाडौं, असोज २४ – डा. सीके राउतलाई विषेश अदालत काठमाडौंमा उपस्थित गराई राज्य विप्लवसहितको जन्म कैदसम्मको सजायको माग प्रशासनले गरेको दोस्रो दिन बिहीबार फेरि बयान लिएको थियो ।     तर, उनको बिग्रिदो स्वास्थ्य स्थितिका बावजुद हनुमानढोकामा हिरासतमा राखि सोधपुछको ck rautनाममा प्रहरीले विभिन्न यातना दिइरहेको डा. सीके राउत बचाउ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विशेष अदालत काठमाडौंमा २ घण्टासम्म चलेको बयानको क्रममा पनि डा. राउतको स्वास्थस्थिति ठीक नरहेको जानकारी डा. विनय पंजियारले दिए ।   यसरी हिरासतमा राउतलाई मानसिक यातना दिएकोमा संघर्ष समितिले प्रशासनको यस्तो रवैयालाई धोर भत्सर्ना गरेको छ र साथै मानव अधिकारवादी संघ संस्था, कुटनीतिक नियोग, नागरिक समाज र संचार जगतलाई यस मानव अधिकारको हननप्रति ध्यानाकर्षण गराएको छ । संघर्ष समितिले मधेशका २२ वटै जिल्लाहरुमा संगठनको विस्तार र विरोधका पूर्व घोषित कार्यक्रमहरुलाई निरन्तरता दिँदैं विरोधका थप नयाँ कार्यक्रमहरु गर्न जनाइएको छ । - 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.