काठमाडौं, ११ असार । तपाईंलाई थाहा छ, कुन तरकारीमा कस्ता किसिमका पोषकतत्वहरु पाइन्छन् ? यदी छैन भने जान्नुस्, कुन तरकारी सेवनले तपाईंलाई कस्ता किसिमका फाइदा पुग्छन् ?
भण्टाः धेरै नेपालीहरुले रुचाउने भण्टा खानाले अनिन्द्राको समस्या हराउँछ । त्यस्तै भण्टाले शरीरको प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि गर्छ । एक सय ग्राम भण्टामा ६ सय १८ मिलिग्राम पोटासियम, ५ सय २५ मिलिग्राम क्याल्सियम, १७ ग्राम कार्बोहाइड्रेट, ६ मिलिग्राम आइरन, ६ दशमलव ४ मिलिग्राम भिटामिन र ८ ग्राम प्रोटिन जस्ता शरीरलाई आवश्यक खनिज पाइन्छन् ।
कटहरः कटहरलाई शाकाहारीको ‘मासु’ समेत मान्ने गरिन्छ । एक सय ग्राम कटहरमा ३ सय ३ मिलिग्राम पोटासियम, २४ ग्राम कार्बोहाइड्रेट, भिटामिन ‘ए’, ‘सी’ र थाइमिन, ० दशमलव १०८ ग्राम भिटामिन ‘बी’, ३७ ग्राम म्याग्नेसियम, ९४ क्यालोरी जस्ता कयौं पोषक तत्वहरु हुन्छन् ।
पोटासिय अधिक हुने कारणले कटहर ‘ब्लडप्रेसर’का लागि फाइदाजनक हुन्छ । यसबाहेक यो पखाला र दमको रोगीका लागि समेत फाइदाजनक मानिन्छ । यसमा भिटामिन ‘सी’ हुने कारणले कटहर अल्सरका लागि समेत लाभदायक मानिन्छ ।
12
पिंडालुः नेपालको अधिकांश पहाडी इलाकामा पाइने पिंडालु तरकारीका रुपमा मात्रै चलनचल्तीमा छैन, यो फलाहारका रुपमा समेत परिचित छ । मानिसको शरीरको छाला (स्कीन)का लागि लाभदायक हुने पिंडालु यसको एक सय ग्रामबाट ४२ ग्राम क्यालोरी क्यालोरी प्राप्त हुन्छ । जुन सोही मात्रामा आलुबाट प्राप्त हुने क्यालोरीको मात्रा भन्दा बढी हो ।
त्यसबाहेक सय ग्राम पिंडालुमा ३ दशमलव ७ ग्राम फाइबर, ५ ग्राम प्रोटिन, ६ सय ४८ मिलिग्राम पोटासियम, भिटामिन ‘ए’, ‘सी’, क्लाल्सियम र आईरन जस्ता पोषकतत्व पाइन्छन् ।
0 comments
Write Down Your Responses