कुन देशमा कस्ता महिला सुन्दर (फोटो फिचर)

भनिन्छ सुन्दरता हेर्ने आँखामा हुन्छ नकि बस्तुमा । त्यसैले होला फरक मान्छेलाई फरक फरक कुरा सुन्दर लाग्छ । स्त्रीको सुन्दरतामा पनि त्यही भनाइ लागु हुन्छ । विश्वका हरेक क्षेत्रमा सुन्दरताको आफ्नै परिभाषा छ । विश्वका विभिन्न देशमा फरक फरक आकृति र शैलीलाई सुन्दरता मानिन्छ ।
Beauty
प्रेम जति पुरानो छ सुन्दरताका बारेको परिभाषा पनि त्यतिनै पुरानो हो । यहाँ हामीले विभिन्न देशमा रहेका सुन्दरता सम्बन्धि मान्यताको चर्चा गरेका छौं ।


अमेरिकामा निलो आँखा चीनमा नेप्टो नाक
 अमेरिकाकी चर्चित लेखिका पर्ल एस एक पटक चीन यात्रमा त्यहाँ पुगिन् । अमेरिकामा उनका निला आँखा र लामो कपालको चर्चा जता ततै हुन्थ्यो तर चीनमा उनलाई कुनै पुरुषले पनि ध्यान दिएर हेरेन । बरु उनको छेउँमा बसेका साना आँखा र नेप्टो नाक भएका चिनियँहरुमाथि बरु पुरुषका आखा थिए । 
घाइते पार्ने रुपका बाबजुद पनि उनी चीनमा सुन्दर बनिनन् । चीनमा महिलाको जति छोटो नाक र छोटा खुट्टा छन् ती युवती सबैभन्दा राम्रा मानिन्छन् । चीनमा केटीका खुट्टा छोँटा बनाउन ४ वर्ष सम्म खुट्टामा जुता बाँध्ने परंपरा समेत थियो ।
beauti 2
उमेर बढि सक्दा पनि साना जुता लगाउँदा युवतीका खुट्टा मोडिन्थे पनि । यस्तो गर्दा कतिपय युवतीलाई असाध्यै पीडा हुन्थ्यो र जीवनभर विक्षिप्त हुने गर्थे । सन् १९११ मा चीन सरकारले यस्तो परंपरामाथि प्रतिबन्ध लगाइदियो । चीनकी सबै भन्दा वृद्ध खुट्टा मोडेकी महिला अहिले हङकङमा बस्छिन् उनी १०२ वर्षकी छिन् ।
beautis in the world 1
 beauty 6
काला र गन्हाउने दाँत सुन्दरता
काला र दुर्गन्ध आउने दाँत कसैलाई पनि मन पर्दैन । तर कुनै समय थियो जापानमा सडेका र कालो भैसकेका गन्हाउने दाँत हुने युवतीहरुलाई सुन्दरी मानिन्थ्यो । केही दशक अघिको मात्र कुरा हो महिलाहरु जानाजान आफ्ना दाँत काला बनाउँथे । सेतो उज्यालो अनुहार तर काला सढेका दाँत जापानमा सुन्दरीकीहरुको परिचय बनेको थियो । विवाह गरेका महिला दाँतमा बनाउने एक प्रकारको कालो लेप नै तयार गर्थे र दाँतमा लगाउँथे । महिलाहरुले आफ्ना छोरीहरुलाई सानै देखि यस्तो बानी सिकाउँथे ताकी उनीहरुले दाँत कालो पारुन् ।
beautis in the world

ठूलो जिउ र ठूलो ओंठ सुन्दर
दक्षिण अफ्रिकामा महिलाको सुन्दरता पुरै शरीर हेरेर मात्र मापन गरिन्छ । ठूला ठूला बक्षस्थल र ठूला ठूला ओंठ भएकी स्त्री अफ्रिकामा सुन्दर मानिन्छे । एकदमै काली स्त्री समेत साह्रै सुन्दर हुन्छे अफ्रिकामा । तर त्यही दक्षिण अफ्रिकामा जनजातिहरुमा भने सुन्दरताको मापन फरक तरिकाले गरिन्छ । सुडानको नजिकको क्षेत्रमा इथोपियामा मुर्सी जनजातिका स्त्रीले ओंठमा लिप प्लेट लगाउनु पर्छ । उनीहरुले एक प्रकारको माटोले बनेको वा काठले बनेको गोलो तथा बर्गाकार प्लेट लगाउँछन् । यो उनीहरुका लागि नियम नै हो । शूरुमा दाश बनाउनका लागि महिलाहरुलाई यो प्लेट लगाउने चलन भएपनि पछि यो परंपराकोरुपमा नै विकाश भएको हो ।
beautis in the world 2
beauty 5
स्लीम होइन मोटी केटी सुन्दर
सामान्यतः अहिले बलिउड देखि हलिउड सम्म स्लिम शरीर भएका युवतीहरुलाई सुन्दर भन्ने गरिन्छ । यो अव विश्वव्यापी मान्यता नै भैसक्यो । तर दक्षिण अफ्रिकी देश मउरिटेनिया जहाँ अन्नको सँधै अभाव हुन्छ त्यहाँ मोटा केटी सुन्दर मानिन्छ । यदि कुनै केटीको बडेमानको जिउ छ भने त्यहाँ सुन्दरी कहलाउँछे । त्यहाँ अन्नको अभाव भएपनि महिलाहरु भने अधिकाँश मोटा नै हुन्छन् । बच्चा देखि नै केटीलाई मोटी पार्न अनेक हत्कण्डा अपनाइन्छ ।
 beautis in the world 4

ब्युटी विथ ब्रेन
सुन्दर र दिमाग समेत भएकी स्त्रीहरु विश्वमै इतिहास देखि चर्चित रहँदै आएका छन् । रामायणकी सीता, हेलन र क्‍लियोप्यट्रालाई सुन्दरताका प्रतिक नै मानिन्छन । अहिले विश्वभरी हुने सुन्दरी प्रतियोगितामा ब्युटी विथ ब्रेनको खोजी गरिन्छ । भारतीय सुन्दरी एवं पूर्व विश्व सुन्दरी ऐश्वेरया रायलाई बैज्ञानिकहरुले समेत गोल्डेन रेश सिद्दान्त अनुसार समेत सबै भन्दा फिट भनेका छन् । उनको नाकको आकार देखि शरीर सम्म सबै भन्दा सुन्दर रहेको उनीहरुको भनाइ छ ।
beauti 3


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.