फिस्लिङमा ट्रक र कारको ठक्कर ,चारको मृत्यु

चितवन, आश्विन २८ । चितवनको फिस्लिङमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मुग्लिङबाट काठमाडौं आउँदै गरेको बा३च ५५१६ नम्बरको कार र विपरीत दिशाबाट गएको ना४ख ४४१ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा कार चालक सिर्जन पोखरेल, काठमाडौं लप्सिफेदीका सरोज तिवारी, सोही स्थानका ललिता तिवारी रहेका छन् । कारमै सवार साधुराम तिवारीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

दुर्घटनापछि फरार भएका ट्रक चालकको व्यापक खोजी भइरहेको मुग्लिङ प्रहरीले जनाएको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.