विश्‍वकै सबैभन्दा पातलो 'ट्याब आइप्‍याड' एप्पलले ल्‍यायो

काठमाडौं: बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन।

उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ।

यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ।

एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.