नेपाली युवाको चमत्कारिक तथ्य (निक्लने भयो गुरुत्वाकर्षणबाट बिजुली )

पर्सा,असोज ३० – बारा,बनौली ५ का एक युवकले पृथ्बीको गुरुत्वाकर्षण शक्तिबाट विद्युत् उत्पादन गर्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । ३१ वर्षीय सञ्जय तिवारीले १६ वर्षदेखि अनुसन्धान गरिरहेको दाबी गर्दै यन्त्रको नाम ‘सञ्जय स्वचालित यन्त्र’ राखेका छन् । शिक्षाशस्त्रमा स्नातकोत्तर गरेका उनले सानैदेखि बैज्ञानिक अनुसन्धान र आविस्कार गर्ने रुचि र इच्छाशक्तिका कारण आफू विज्ञानको विद्यार्थी नभए पनि गहन अनुसन्धान गर्न सक्षम भएको बताए । उनी अहिले कलैयाका विभिन्न विद्यालयमा अध्यापन गर्छन् । नास्ट,उद्योग बाणिज्य महासंघ,उर्जामन्त्रालय लगायत सरोकारबाला निकायसँग आर्थिक सहयोग या आवश्यक उपकरण उपलब्ध गराइदिन आग्रह गर्दा चासो नदिएको गुनासो उनले गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।सबै उपकरण जुटाउन करिब १६ लाख ३९ हजार पाँच सय रुपैयाँ आवश्यक रहेको उनले बताए । तर भाडामा उपकरण लिई केही समयका लागि मात्र विद्युत् उत्पादन गर्न करिब सात लाखमात्र भए पुग्ने उनको दाबी छ ।यन्त्र निर्माण गर्न सबै उपकरण स्वदेश र वीरगन्जमै पनि उपलब्ध रहेको उनको भनाई छ ।

, ,

1 comments

Dear admin, can you please inbox me details and contact of the guy? and the fact that made you to write this news.
Kind regards.

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.