जम्ल्याहा छोरा थुनेर बाबुले लगाए आगो

काठमाडौं,असोज ३० – एकजना बाबुले जम्ल्याहा छोरालाई घरभित्र थुनेर आगो लगाएका छन् । आगो लागेका नाति च्यापेर बालकका हजुरबाबु उपचार सहयोग माग्दै धादिङबेसी आइपुगेका छन् । धादिङको नलाङ गाविस ६ बैरेनी पहरेका बलबहादुर विश्वकर्माले जम्ल्याहा छोरा राम र लक्ष्मणलाई घरभित्र थुनेर घरमा आगो लगाइदिएको बालकका हजुरबुबा चक्रबहादुर विश्वकर्माले बताए । ७० वर्षीय चक्रबहादुर घाइते दुई नातिको उपचार र सहयोग खोज्दै सदुमुकाम धादिङबेसी आइपुगेका हुन् । चक्रबहादुरले भने,‘आफ्नै बाउ अधर्मी भएपछि कसको के लाग्दो रहेछ र ? रक्सीले मातेको बेलामा बच्चाहरुलाई घरभित्र थुनेर आगो लगायो । तर एउटा नातिको पाखुरो र टाउको आगोले जलायो ।’ आगोले पोलेर लक्ष्मण विश्वकर्माको हात ,पाखुरा,कुम र टाउको नराम्ररी जलेको छ । आफूसँग भएको पैसाले सामान्य उपचार गरेको र थप उपचारका लागि सहयोग खोज्दै सदरमुकाम आएको चक्रबहादुरले बताए । बालककी आमालाई पनि बलरामले सधै रक्सी खाएर कुटपिट गर्ने गरेकाले उनी नानीहरुलाई अलपत्र छाडेर अन्यत्र गएकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.