चिनियाँ सेनाले बनाउन लागेको बाटो भारतीय सेनाले रोक्यो



चीनले भारतसँगको विवादित सीमाक्षेत्र अरुणाचलमा बनाउन लागेको सडक निर्माण भारतीय सेनाले रोकिदिएको दावी भारतीय सञ्चार माध्यमले गरेका छन् ।

यस अघि भारतीय सेनालाई चिनियाँ सेनाले रोक्दै आएको थियो तर यस पटक भारतीय सेनाले रोकेको सञ्चार माध्यमको दावी छ । चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) ले असफिला क्षेत्रमा सडक बनाउन शुरु गरेको थियो । तर भारतीय सेनाका जवानले बाटो बनाउन नदिएको बताइएको छ ।

चीन र भारतबीच विभिन्न विवादित सीमा क्षेत्रमा तनाव रहँदै आएको छ । पछिल्लो बाटोको विषयले समेत दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

 nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.