भिसा लिएरै अमेरिका आएकाहरुलाई अमेरिका छिर्न नदिई फिर्ता

अमेरिकाको भिसा पाउनै मुस्किल । पाइहाले पनि त्यो भिसाले अमेरिका छिर्न पाउने ग्यारेन्टी हुँदैन । किनभने अमेरिका भिसा सम्बन्धि नियममा नै त्यो भिसा अमेरिकाको हवाई, स्थल वा सामुन्द्रिक नाकासम्म पुग्नका लागि मात्र भएको र अमेरिका छिर्न दिने वा नदिने कुराको निर्णय प्रवेश नाकामा कार्यरत अध्यागमन अधिकारीहरुले गर्ने स्पष्ट उल्लेख हुने गरेको छ । त्यसैले अमेरिकाको भिसा लिएर सिमा नाका सम्म आएका कैयन नेपालीहरुलाई अमेरिका छिर्न नदिएर नेपाल नै फिर्ता पठाउने समेत गरिएको छ । अक्टोबर १ मा नै अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा ७७ जना नेपालीहरुलाई अमेरिका प्रवेशका लागि अयोग्य ठहराउँदै अमेरिका छिर्न दिइएको थिएन । उनीहरुमध्ये कैयन अमेरिकाको भिसा बोकेर अमेरिकाको विमानस्थलसम्मै आइपुगेका थिए । उनीहरुलाई अमेरिकाको कानुन अनुशार अमेरिका छिर्न अयोग्य सावित गर्दै उनीहरुकै देशमा फिर्ता पठाइएको थियो । पहिलोपल्ट अमेरिका आउदै गरेका नेपालीहरुको तुलनामा दोश्रोपटक वा त्यो भन्दा बढी अमेरिका आउदै गरेका नेपालीहरुलाई विमानस्थलबाट नै फर्काइएका उदाहरणहरु प्रसस्तै रहेका छन् । अन्य भिसाका तुलनामा भिजिटर भिसा वा विद्यार्थी भिसामा दोश्रोपटक अमेरिका आउदै गरेका नेपालीहरु एयरपोर्टबाटै फर्काइएका घटनाहरु धेरै रहेका छन् ।            नेपाली विद्यार्थीहरु पहिलोपटक अमेरिका आउदा इमिग्रेशन अफिसरले एयरपोर्टबाटै फिर्ता पठाएका घटना प्रकाशमा आएका छैनन् । तर अमेरिकामा अध्ययन गर्दा गर्दै विदाको समयमा नेपालमा गएर अमेरिका आउन खोज्दा भने नेपाली विद्यार्थीहरुलाई एयरपोर्टबाट नेपालमा नै फिर्ता पठाइएका घटनाहरु भने निकै रहेका छन् । विदामा नेपाल गएर फर्कने क्रममा इमिग्रेशन अफिसरले धेरै प्रश्नहरु सोध्ने र नेपालमा नै फर्काउनसक्ने सम्मको डर भएको भन्दै धेरै नेपाली विद्यार्थीहरु विदामा नेपाल जान समेत डराउने गरेका छन् । नेपाल जाने चाहना भएपनि अमेरिका आउँदा विमानस्थलबाटै  फर्काउन सक्ने डरकै कारण नेपाल नै नगई अमेरिकामा बसिरहेका नेपाली विद्यार्थीहरुको संख्या निकै ठूलो रहेको छ । विशेषत अमेरिका छिर्दै गरेको व्यक्तिले अमेरिकामा त्यसभन्दा पहिले गैरकानुनी रुपमा काम गरेको पाइएको खण्डमा त्यस्ता व्यक्तिलाई विमानस्थलबाटै फिर्ता पठाइने गरेको छ भने अमेरिका छिर्दै गरेको व्यक्तिको गैरकानुनी रुपमा नै अमेरिकामा बसेर काम गर्ने आशय रहेको पाइएमा पनि त्यस्ता व्यक्तिलाई एयरपोर्टबाटै फिर्ता पठाइने  गरेको छ । अमेरिका आउदै गरेको व्यक्तिलाई शंका लागेमा उसले बोकेको सामान समेत चेक गरिन्छ । यदि उसले बोकेको सामानबाट उसको अमेरिकामा बस्नै आशय देखिएमा पनि एयरपोर्टबाटै फिर्ता पठाउने गरिएको छ ।           त्यो बाहेक कुनै आतंककारी वा आपराधिक संगठनसंग सांठगांठ रहेको पाइएमा, कुनै अपराध गरेको पाइएमा, पहिले अमेरिकामा आउदा भिसा अवधी भन्दा धेरै समय बसेको पाइएमा पनि अमेरिका छिर्न नदिई विमानस्थलबाटै फिर्ता पठाउने गरिएको छ । पर्यटक भिसामा अमेरिका छिर्न लागेको व्यक्तिले आफू बस्दै आएको देशमा फर्कनुपर्ने अवस्था देखाउन नसकेको खण्डमा पनि त्यस्ता व्यक्तिलाई भन्सार तथा सिमा सुरक्षा अधिकारीले एयरपोर्टबाटै फर्काउन सक्ने अधिकार रहेको हुन्छ । भन्सार तथा सिमा सुरक्षा भन्छ – “कुनै पनि व्यक्ति अमेरिकामा छिर्नु उसको अवशर हो, अधिकार होइन । ”           फेसबुक वा ट्वीटरमा जोक गर्दा एयरपोर्टबाटै फिर्ता पठाइएका उदाहरणहरु पनि अमेरिकामा छन् । केही अगाडि ट्वीटरमा जोक गर्दा दुईजना युरोयिपनहरुलाई एयरपोर्टबाटै फिर्ता पठाइएको थियो । लेघ भेन ब्राइन र इमली बन्टिङलाई लज एन्सलसको एयरपोर्टमा रातभर हिराशतमा लिएर भोलिपल्ट युरोप नै फिर्ता पठाइएको थियो ।     यसरी अमेरिका छिर्नै नदिई फिर्ता पठाउनुको कारण थियो, ब्राइनले आफ्नो ट्वीटरमा आफूहरु अमेरिकालाई ध्वस्त पार्न र अमेरिकी कलाकार मार्लिन मुनरोको चिहान खन्न अमेरिका जान लागेको भन्दै ट्वीटरमा जोक गरेका थिए । युरोप फिर्ता पठाइएका ब्राइनले भनेका थिए –“ विमानस्थलमा आतंककारीलाई जस्तै व्यवहार गरियो । ”        यसरी सिमा नाकाबाटै फिर्ता पठाइएका नेपालीहरु सन् २०१२ मा ६७ जना र सन् २०११ मा १ सय ४ जना रहेका थिए । सन् २०१० मा ६३ जना नेपालीलाई र सन् २००९ मा ६६ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । त्यसैगरी सन् २००८ मा १ सय २२ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । सीमा नाकाबाट फिर्ता पठाइएका नेपालीहरुमा यो नै अहिलेसम्मको ठूलो रेकर्ड हो । सन् २००७ मा ६५ जनालाई , सन् २००६ मा ७० जनालाई र सन् २००५ मा ९० जना अमेरिकाको भिसा बोकेर आएका नेपालीलाई सीमा नाकाबाट अमेरिका छिर्न नदिई नेपाल फिर्ता पठाइएको थियो । सन् २०१३ मा विश्वभरबाट अमेरिकाले २ लाख ४ हजार १ सय ८ जनालाई सिमा नाकाबाट अमेरिका छिर्न नदिई उनीहरुकै देशमा फिर्ता पठाएको थियो । सन् २०१३ मा अमेरिकामा छिर्न नदिएर फिर्ता विश्वभरबाट फिर्ता पठाइएकाहरुमध्ये विमानस्थलबाट २४ प्रतिशत, सामुन्द्रिक नाकाबाट २५ प्रतिशत र बाँकी स्थलनाकाबाट अमेरिका आउँदै गरेकाहरु थिए

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.