थाई युवतीको चक्करमा यसरी सकियो जीन्दगी

काठमाडौं–परदेशी भूमिमा नेपालीहरुका अनेक कथाब्यथा छन् । देशमा अवसर नभएपछि भविष्यको खोजीमा विभिन्न देश पुगेका नेपालीहरुको सफलताका भन्दा दुःख पिडाका दर्दनाथ कथा छन् । हरि(दिलबहादुर) थापा थाइल्याण्डमा व्यवसाय गर्ने नेपालीहरुमध्ये अग्रणी व्यवसायी थिए । थाइल्याण्डमा मात्र नभई बर्मा र नेपालमा समेत उनको व्यवसायको विस्तार गरिसकेका थिए । तर
दुःख गरेर कमाएको सम्पती मात्र  होइन, गत साता उनको जीवनकै  दुःखत अन्त्य भएको छ । संचार माध्यमहरुले थापाले आत्महत्या गरेको भन्दै समाचार प्रकाशन,प्रसारण गरे । तर बैंककस्थित नेपालीहरु भन्छन्, उनको हत्या भएको हो । सम्पतीका लागि थापाकी थाई श्रीमती र उनका प्रेमिले योजनाबद्ध रुपमा थापाको हत्या गरेका हुन् । नोभेम्बर १ तारिखबाट खोल्न लागिएको आफनै कार्यालयको शौचालयमा उनको शव भेटिएको थियो । उनका एक साथीका अनुसार उक्त शौचालयमा पासो लगाएर आत्महत्या गर्नसक्ने कुनै सम्भवना नै देखिन्न । अर्काेतर्फ पोष्टमार्टम रिपोर्ट झुन्डिएर नभई अक्सिनको कमीले उनको मृत्यु भएको उल्लेख छ । घाटी थिचेर उनको हत्या भएको हुनसक्ने बताइएको छ ।
मृत्युपछि उनकी श्रीमतीको अनुहारमा चिन्ता देखिएको छैन । मृतकको दाहसंस्कार गर्न बैंकक पुगेका दाईले हरिको सम्पतीको बारेमा कुरा गरेका थिए । तर श्रीमतीले सबै करोडौं ऋण रहेको भन्दै सम्पती लिने हो भने सबै ऋण तिर्नुपर्ने बताएकी थिइन् । यस्ता घटनामा सामान्यतया प्रहरी नआईकन शव छुनसमेत नमिल्नेमा प्रहरी आउनुभन्दा अगाडि नै उनकी श्रीमतीले शव अस्पताल पु¥यासकेकी थिइन् । अझ अचम्म त के छ भने हरीले लेखेको भनिएको सुसाइड नोट कम्प्यूटर टाइप छ । ‘कसैले कम्प्यूटरमा सुसाइड नोट लेखेर त्यसलाई प्रिन्ट गरेर पनि आत्महत्या गर्छ ?’ हरिका एक साथी प्रश्न गर्छन् ।
बर्मामा समेत हरिले कृषिजन्य मलको व्यापार गर्दै आएका थिए । नेपालमा समेत रसियाबाट मल आयात गरेर बिक्रि गर्न थालेका थिए । एनआरएन थाइल्याण्डका उपाध्यक्ष समेत रहेका उनी थाइल्याण्डमा रहेका नेपाली व्यवसायीमध्ये पहिलो नम्बरमा गनिन्थे । फुड लगायत उनको त्यहा करोडौंको व्यवसाय थियो । १५ वर्षदेखि थाइल्याण्ड बस्दै आएका उनको थाई युवतीसँग दोस्रो बिहे गरेका थिए । त्यही बिहेका कारण उनी पछिल्लो समय तनावमा थिए । श्रीमतीको अर्काे प्रेमी भएको खुलेपछि उनीहरुबीच पटक पटक विवाद समेत हुने गरेको थियो । त्यही विवाद बढिहरको बेला रहमस्यमय रुपमा उनको मृत्यु भएको हो ।
‘आत्महत्या हो भनेर बिश्वास गर्ने आधार नै छैन,’ बैंककस्थित एक नेपाली व्यवसायी भन्छन्,‘अर्काको देशमा हामीले के गर्ने, प्रहरी समेत उनीहरुसँगै मिलेको छ ।’ स्रोतका अनुसार केही नेपालीहरुले यो विषयलाई लिएर बैंककस्थित नेपाली दुतावास समेत पुगेका थिए । सुरुमा दुतावासका अधिकारीहरुले यस विषयमा चासो राखेपछि पछि कुनै मतलब गरेका छैनन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.