तीन दलबीच आज पनि कुरा मिलेन

काठमाडौँ। नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको बैठकमा आज पनि सहमति जुटेन ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो ।

ती विषयमा सहमति जुटाउन भन्दै तीन दलका शीर्ष नेताको बैठक निरन्तर बसिरहेको छ ।

आजको बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सहमति कायम छ भनेर प्रतिवेदन बुझाउने निर्णय गर्यो,” बैठकपछि एनेकपा (माओवादी)का नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

नयाँ संविधानका विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्न दोस्रो पटक संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई दिइएको पाँचदिनको समय आजसम्म रहेको छ । समितिमा विवादित विषयमा सहमति जुट्न नसकेमा संविधानसभाको पूर्ण बैठकको प्रक्रियामा जाने कि समितिको समयसीमा अरु थप गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।

नेता श्रेष्ठले भन्नुभयो, “हामी मिल्न नसकेका मुख्य चार विषयलाई सहमतिबाटै समाधान खोज्ने प्रयत्नमा छाँ निरन्तर संवादबाट सहमति खोजिरहेका छौँ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.