मोडल अर्चना कोठामा मृत भेटिइन्

२ कार्तिक, काठमाडौं ।

केही समय अगाडी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी भारतिय मोडल अर्चनाको शव भारतको नगर निगम अस्पतालमा बेवारीसे अवस्थामा रहेको भारतिय सन्चारमाध्यमले जनाएका छन् ।

एकमात्र भाई अश्विन जेलमा रहेको र परिवारका अन्य सदस्य कोही पनि नभएकाले उनको शव बेवारिसे भएको बताईएको छ। उनको मृत्यु भएको १५ दिन बिति सक्दा पनि कुनै आफन्त शव बुभ्mन नआएको समाचारमा जनाईएको छ।

उनको शव प्रहरीले भारतको अँधेरी पश्चिम स्थित आफ्नै फल्याटमा मृत अवस्थामा फेला पारेको थियो। उनि मृत अवस्थामा रहेका जानकारी उनका छिमेकीले प्रहरीले दिएका थिए।

प्रहरीले उनि मृत अवस्थामा भेटिएको स्थलबाट उनको सुसाईड नोट समेत फेला पारेका थियो। उनले उक्त नोटमा ब्वाईफ्रेण्ड उमर पठानको कठोरताका कारण आफुले आत्महत्या गरेका उल्लेख गरेको समाचारमा उल्लेख छ।

उनले नोटमा आफुलाई पठानले शारिरिक शोषण गरेपछि त्यसै छोडिदिएको उल्लेख गरेको समाचारमा जनाइएके छ। अर्चनाले उल्लेख गरेको नोटको आधारमा प्रहरीले पठानलाई हिरासतमा लिई अनुसन्धान गरेको बताईएको छ। मोडल अर्चनाले थुप्रै म्युजिक भिडियो र साउथ ईन्डियन फिल्ममा समेत अभिनय गरेकी छिन् ।

साभार न्युजअफनेपाल

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.