झापाको दमकमा ककटेल पूल पार्टी यसरी झुमे युवायुवती (फोटो फिचर)

डान्स पार्टीमा रमाउने युवा पुस्ताका लागि सोमबार साँझ निकै रोमाञ्चक रह्यो । आपसमा हात समातेर गोलो घेरामा सुरु भएको डान्स बिस्तारै छुट्टिदै जोडीहरूको अङ्कमालसम्म पुग्न थालेपछि रात अझ रङ्गीन बन्यो । वडा दसैँ २०७१ को अवसर पारेर झापाको दमक–८ स्थित होटल वन्डरल्याण्ड परिसरमा 'ककटेल' पूल पार्टीको आयोजना गरिएको थियो । पार्टीमा झापा, मोरङका युवायुवतीहरु मस्तसँग नाचेका थिए । स्वमीङ पुलमा पौडीको मज्जा लिँदै नाच्नेको सङ्ख्या पनि कम थिएन ।   भिन्टेज इभेन्टको आयोजनामा सो पार्टीको आयोजना भएको हो । सो पार्टीमा २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो । डान्स पार्टीमा नेपाली, अङ्ग्रेजी र हिन्दी रिमिक्स नम्बरहरू घन्काइएको थियो । एकै प्रकारका हिन्दी तथा अङ्ग्रेजी गीत बज्ने दमकमा पूर्वकै पहिलो पटक 'ककटेल' पूल पार्टी आयोजना गरिएको आयोजकको दाबी छ । डान्स पार्टीमा यो अलिक फरक स्वादको पार्टी भएको भन्दै युवा–युवतीहरू मस्तसँग नाचिरहेका थिए । डिजेहरूले कुशलता प्रदर्शन गरेपछि युवायुवती ननस्टप नाचिरहे । दशैँको अवसर पारेर पार्टीको आयोजना गरेर मनोरञ्जन प्रदान गरेको होटल वन्डरल्याण्डका सञ्चालक सचिन शाक्यले बताए । उत्कृष्ठ युवा युवतीहरुलाई दमक रेडमग क्याफेमा डिनरको अफर ब्यवस्था समेत गरिएको दीपक आले मगरले बताए । पार्टीमा युवयुवतीहरुको उल्लेखनीय सहभागिता रहेको कारण उत्साह प्रदान गरेको उनको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.