सेक्समा मन थाम्नै सकिनँ : अरुणिमा

नायिकाको रूपमा स्थापित भइरहेकै बेला अरुणिमा लम्साल अमित अर्यालसँग विवाह बन्धनमा बाँधिइन्। साँढे दुई वर्ष पहिले उनीहरुले आफ्नो मायाको चिनो संसारलाई छोरी अक्षता अर्याललाई जन्म दिए। नायिकाबाट आमा सेलिब्रेटी भएपछि अरुणिमाले के–कस्तो अनुभव गरिन् ? उनको सेक्स अनुभव कस्तो रह्यो ? प्रस्तुत छ, आमा अनुभवबारे अरुणिमासँग गरेको कुराकानीः

एउटी नायिकाले आमा बन्नु ठीक रहेछ कि बेठिक ?
कतिलाई आमा नबन्दै ठीक जस्तो लाग्दो हो। तर आमा बन्दाको खुसीको क्षण अर्कै छ। मलाई लाग्छ यो क्षण संसारभरिकै सबैभन्दा खुसीको क्षण हो। आमा बनेकोमा मैले कहिल्यै रिग्रेट फिल गरेकी छैन।

तपाईं छोरीको आमा हुनुभयो, गर्भावस्थामा छोरा वा छोरी के जन्मियोस् भन्ने लागेको थियो ?
वास्तवमा मलाई छोरी नै जन्मोस् भन्ने इच्छा थियो। सबैतिर छोरीलाई नै राम्रो भनिन्छ। अर्को कुरा म पहिलेदेखि नै मेरी आमाको साथी जस्तै भएकी छु। मलाई पनि छोरी मेरो साथी होस् भनेर छोरीको चाहना राखेकी थिएँ।

नेपाली समाजमा छोरीलाई भन्दा छोरालाई बढी महत्त्व दिइन्छ। तपाईंको श्रीमान् छोरी पाएकोमा असन्तुष्ट हुनुभयो कि ?
छैन, छैन। श्रीमान्लाई पनि छोरीकै रहर थियो किनकि श्रीमान्को घरमा छोरीहरू नै हुनुहुन्न। त्यसैले सबैतिरबाट छोरीकै चाहना थियो। पुरै परिवारलाई नै छोरी भइदिएहुन्थ्यो भन्ने थियो।
तपार्इं आमा नबन्दा खुसी हुनुहुन्थ्यो कि आमा भएपछि बढी खुसी हुनुहुन्छ ?
यो अलग–अलग फेज हो। यी दुई फेजमा अर्कै अर्कै खुसी हुन्छन्। आमा नभएको बेला केसैको टेन्सन हुँदैन, बन्धन हुँदैन थियो। त्यो फ्रिडम अर्कै प्रकारको थियो। अहिले अर्कै किसिमको खुसी छ।

आमा बन्दाको अनुभव सुनाउनुस् न ?
बच्चाँजन्मिएपछि रोयो। त्यतिबेला मलाई सिरिङ्ग भएको थियो। अनि मैले सोधिहालें छोरा कि छेरी भनेररु ?जबकि पहिले चेकअप गराउँदा नै मेरो पेटभित्र छोरी छ भन्ने थाहा पाएको थिएँ। तर हन्ड्रेड पर्सेन्ट स्योर हुँदैन भन्ने थियो। गर्भ चेक गराउँदा छोरी छ भन्ने थाहा पाएपछि निकै खुसी भएको थिएँ। जन्मेपछि पनि छोरी नै हो भन्ने पक्का हुँदा पनि खुसी लाग्यो।

आमा भएपछि के–के कुरामा सम्झौता गर्नुपर्दो रहेछ ?
सम्झौता त धेरै कुरामा गर्नुपर्छ। सबै कुरा आफैंमाथि डिपेन्ड हुन्छ। आँखा, मन, मस्तिष्क सबै बच्चामै लगाउनुपर्दछ।

सेलेब्रिटी आमा बन्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?
जहाँ जाँदा पनि जसले खै बच्चाँभनेर सोध्छन्। सबैलाई बच्चाँहेर्न रहर लाग्दो रहेछ। तर मेरो बच्चाँमसँग बाहेक अरूसँग रहन मान्दै मान्दैन।

छोरीलाई दिनमा कति समय दिनुहुन्छ ?
फुल टाइम नै छोरीलाई दिन्छु। अहिले त छोरी पनि स्कुल जान थालिसकेकी छ। अहिले नर्सरीमा पुगेकी छ। नाच्छे, राष्ट्रिय गीत, गायत्री मन्त्रसमेत गाउँछे।

तपाईंकी छोरीलाई तपार्इं कलाकार हो भन्नेचाहिँ थाहा छ कि छैन ?
खै त्यो त थाहा छैन होला। टिभीमा देखेपछि आमा तपार्इं किन रोएको भनेर भन्छे। म सँगसँगै अभिनय गरेको हिरोहरुलाई देख्दा मम्मी त्यो अंकल को हो भनेरचाहिँ सोध्छे।

आमा बन्दा श्रीमान्ले के–के कुरामा सहयोग गर्नुभयो ?
बच्चाँरेखदेख गरेर सहयोग गर्नुभयो। मैले बच्चाँजन्माएको एक वर्षपछि नै तीनवटा फिल्म गरें। त्यतिबेला पनि श्रीमान्ले नै सहयोग गरेर मैले फिल्म खेल्न पाएकी हुँ।

छोरीले कत्तिको दुःख दिन्छिन् नि ?
दुःख त दिइहाल्छ नि। आमा भन्दै रोइरहन्छे।

छोरी त खुब रुनुहुँदो रहेछ। छोरीले दुःख दिँदा तपार्इं त रुनुभएको छैन
छोरीले दिएको दुःखले त रोएको छैन। तर ऊ बिरामी हुँदा भने रोएकी छु। छोरीलाई खोकी लाग्ने, घाँटी कराउने भइरहेको थियो। त्यतिबेला एन्टिबायोटिक दिनुपर्ने रहेछ। हस्पिटलमा ४⁄५ जना सिस्टरहरुले छोरीलाई हात खुट्टा समातेर नसामा घोच्नुभएको थियो। मलाई बाहिर राखिएको थियो। छोरी आमा भन्दै रोइरहेकी थिई। बाहिर म पनि खुब रोएकी थिएँ।

फिल्ममा जम्न गाह्रो रहेछ कि सन्तान हुर्काउन ?
तुलनात्मक रूपमा फिल्ममा जम्न गाह्रो छ। आफ्नो सन्तान त जसो तसो हुर्किहाल्छ। तर फिल्ममा जम्न त धेरै कुराले प्रभाव पार्छ। राम्रो गर्नुपर्दछ।

आमा बनेर बेडमा सुत्दा फिल्म खेलूँ खेलूँ जस्तो लागेन ?
लाग्थ्यो, बच्चाँपेटमा हुँदा पनि फिल्ममा खेलूँ खेलूँ जस्तो लाग्थ्यो। टिभीमा आएको रिपोर्टहरु हेर्दा फिल्म कहिले गरूँ जस्तो लाग्दथ्यो।

त्यति बेला तपईंलाई फिल्मको अफर आयो कि आएन ?
आएन, त्यस्तो बेलामा फिल्म गर्नु पनि त भएन नि।

आमा बनेको कारण करिअरमा हानि भयो होला है ?
गर्यो नि। त्यो मेरो पिक टाइम थियो। त्यतिखेर मेरो ब्रेक भएपछि अरूले चान्स पाइहाले। तर केही पाउनका लागि केही त गुमाउनुपर्छ।

अब अर्को बच्चाँकहिले जन्माउने ?
तत्काल सोच त छैन। तर दुईवटा बच्चाचाहिँ चाहिन्छ जस्तो लाग्छ। तत्काल भने जन्माउँदिनँ। ५⁄६ वर्षको फरक हुनुपर्दछ।

छोरीलाई के बनाउने चाहना छ ?
केही सोच छैन। हुर्काउने हो, शिक्षा–दीक्षा, संस्कार दिने हो। हामीले बनाएर बन्ने होइन, अहिलेका बच्चाहरू। उनीहरूकै चाहनाअनुसार अघि बढ्छन्।

आमा बनेर बेडमा सुत्दा सेक्सको चाहनाचाहिँ जाग्दो रहेछ कि रहेनछ त ?
त्यस्तो त महसुस भएन, त्यो बेला सन्तानमै ध्यान जाँदो रहेछ। सेक्समा होइन।

आमा बनेको कति समयपछि सेक्स सम्बन्ध राख्नुभयो ?
त्यस्तै छ महिनापछि।

आफू आमा बनिसक्नुभयो, तपार्इंको विचारमा आमा भनेको के रहेछ ?
आमा भनेको जननी नै हो। आमाले जन्म दिएर संसार देखाउँछिन्। त्यसपछि आँखा खुलाउने काम भगवान्ले गर्छन्।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.