यस्ता छन राजधानीमा राम्री तरुनी प्रयोग गरेर धनाढ्यबाट रकम असुल गर्ने गिरोह !!

काठमाडौ, २१ साउन । राजधानीमा राम्री युवतीहरु प्रयोग गरेर रकम असुल गर्ने गिरोहको पर्दाफास भएको छ। यसरी राम्री युवती प्रयोग गरेर विभिन्न धनाढ्यलाई फसाएर लाखौं रुपैयाँ असुल गर्ने गरेको खुलासा भएको हो ।
यसरी युवतीलाई प्रयोग गरेर विभिन्न व्यक्तिलाई बन्धक बनाई जवरजस्ती रकम असुली गरेको अभियोगमा मोरङका कुख्यात गुण्डा अभिषेक गिरीसहितको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी टोलीले ललितपुरबाट ३ जना सहयोगीसहित गिरीलाई पक्राउ गरेको हो । गिरीले काठमाडौं खानेपानी लिमिटेडका अधिकृत अच्युतप्रसाद रेग्मीलाई आफुलाई शारदा सिलवाल बताउने, डान्सर कविता देवी शाक्यलाई प्रयोग गरी रेग्मीलाई कोठामा बन्धक बनाएर एक लाख, नगद, सुनका गहना तथा ९ लाख जवरजस्ती कागज गराएको प्रहरीले जनाएको छ ।
प्रहरीले बन्धक बनाएर रकम असुली गर्ने कार्यमा झापा विर्तामोड अनारमणीका मिलन लिम्बु, झापा गौरादहका राजु श्रेष्ठ र प्रेमिका डान्सर युवतीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । गिरीले  प्रेमिकालाई धनाढ्यहरुसँग  सम्बन्ध बढाउन लगाउने र नाङगो फोटो खिच्न लगाएर गोपनियता भंग गर्ने भन्दै चर्को रकम असुल्ने  गरेको प्रहरीले जनाएको छ ।

गिरी अवैध सम्पती थुपारेको भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गरी काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गिरी ३० लाख धरौटी राखेर धरौटीमा छुटेका थिए । गिरीले विराटनगर तथा राजधानीमा, ठेक्का पट्टामा जबरजस्ती रकम असुली, अपहरण, हत्याजस्ता कार्य गरेको अभियोगमा प्रहरीले पटकपटक पक्राउ गरी कारवाही गरेको छ ।
घटनाविवरण यस्तो रहेछ

मिति २०७१।०४।१४ गतेका दिन पुर्ब चिनजान भएका पक्राउ परेकी सारदा सिल्वालले आफनो मोवाईल नं.९८१८२१६८१४ बाट जाहेरवाला अच्यूतप्रसाद रेग्मीको मोवाईल नं.९८५१०९९६१० मा नाटकीय रुपमा फोन गरी समस्या परेको कुरा जानकारी गराई भने बमोजिमको स्थान ललितपुर जिल्ला ल.पु.उप.मन.पा.२ इन्द्रेणी हाईट सानेपा स्थित मुक्तीलाल साहको घरकोठामा पुग्दा सो स्थानमा अच्युत प्रसाद रेग्मी पुग्दा पुर्ब तयारीमा बसेका हाल पक्राउ सारदा सिल्वाल भन्ने कबिता देबी शाक्य,अभिषेक गिरी र राजु श्रेष्ठ समेत भएको र निजहरुले जाहेरवालाई कुटपिट,गालीगलौज हातपात गरी बन्धक बनाई शरिरमा लगाएको सुनको समेतका गरगहनाहरु तथा जिन्सी समेतका धनमाल जबरजस्ती  तानी लिई शरिर नाङ्गो बनाई केटी सग अगालो मार्न लगाई फोटो खिची जाहेरवालालाई खुकुरी समेत देखाई फिरौती रकम माग गरी निज अभिषेक गिरीले प्रयोग गर्दै आएको बा.११ च.१२८५ नं.को गाडीमा राखी काठमाण्डौ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाबाट नगद रु,१,००,०००।– फिरौती रकम समेत लिई काठमाण्डौ डिल्लीबजार स्थित कानुन व्यवसायीको कार्यालयमा लगी जाहेरवालालाई रु,९,००,०००।–कपाली तमसुक कागज समेत जबरजस्ती गराई निज जाहेरवालालाई  ५ घण्टा बन्धक बनाई राखी छाडी दिएको ।

यस्ता छन् अपराधी

१) पक्राउ अबिनाश शाक्य भन्ने अभिषेक गिरी नेपाल सरकारद्धारा आहावान गरीने बिभिन्न टेण्डरहरुमा संलग्न रही गुडागर्दी गरी स्थानिय मानिसहरुलाई डरत्रासमा पार्ने सम्पत्ती शुद्धीकरण बिभागले निजलाई मुद्धा चलाई रु,३०,००,०००।–(तिस लाख) धरौटी राखी छुटेको, मोरङ्ग जिल्ला समेतमा कर्तव्य ज्यान मुद्धामा संलग्न रही ६ वर्ष जेल सजाय भोगी निस्केको ।
२) राजु श्रेष्ठ भन्ने व्यक्ति काठमाण्डौ सुन्धारा स्थित अनिस तुलाधरले संचालन गरेको क्लव एट्याक्सन मा ब्राउसरको रुपमा काम गरी फिरौती रकम असुल गर्ने कार्यमा सक्रिय हुदै आएको ।
३) पक्राउ सारदा सिल्वाल भन्ने कबिता देबी शाक्य पक्राउ अबिनास शाक्य भन्ने अभिषेक गिरी को प्रेमीका रही बिभिन्न व्यतmीहरुलाई नाटकीय रुपमा बोलाई डर त्रासमा पारी शरिर बन्धक बनाई रकम असुल्ने कार्यमा सलग्न रहेको ।
४) पक्राउ मिलन लिम्बु अपहरण गरी फिरौती रकम असुल गर्ने व्यतmीहरुलाई संरक्षण दिई आफनो डेराकोठामा राख्दै आएको ।

बरामद सामानहरुः

बा.११.च.१२८५ नंंको खैरो रङ्गको गाडी
बा.५६ प.८४१३ नं. को होण्डा कम्पनीको स्कुटर ।
नगद रु,१,६७,५००।–
जाहेरवालाको Movado लेखिएको घडी थान १ र परिचय पत्र समेतका अन्य कागजातहरु समेत ।
कानुन सजायः–
अपहरण तथा शरिर बन्धक लिने महलको १ र २ नं. परिभाषित कसुर अपराधमा सोही महलकोे ३ नं वमोजिम र ७ नं. बमोजिम कारवाही र सजाय हुनको साथै १२ नं. बमोजिम जाहेरवालालाई प्रतिवादीहरुबाट उक्त रकम फिर्ता दिलाई भराई दिने ।
 sambadmedia

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.