राजबहादुर सिंहले हिमानीको कान फुके : पारस ल्याउन हुदैन



काठमाडौं – पूर्वयुवराज पारस शाहको ख्याउटे र जिङ्ग्रिङ्ग परेको ख्याउटे शरीर सञ्चार माध्यममा देखेपछि धेरैले मन दुखाए । चित्त दुखाउनेहरुको चिन्ता देशको पूर्वराजपरिवारको सदस्यको गतिछाडा अबस्थाप्रति थियो । पूर्वराजा ज्ञानेन्द्रले गति छाड्दा जसरी राजतन्त्रले नै हात धुनुपर्यो,त्यसरी नै पारसले गतिछाड्दा थाई प्रहरीले हत्कडी लगाइदियो ।

ज्ञानेन्द्रले समयको गति,जनताको चाहना केही वास्ता नगरी अधिनायकवादी शैलीमा शासन चलाउन खोजेर देशलाई नै बन्धक बनाउन खोजे र त्यसको मूल्य पनि राम्रैसँग चुक्ता गरे । तर,उनको अदूरदर्शिता र गलत संस्कारका कारण उनको सिंगो परिवार भित्र–भित्रै जलेर खरानी हुने अवस्थामा पुगेको छ । पूर्वराजा वीरेन्द्रकी छोरी श्रुतीका श्रीमान गोरखसमशेर दरबारको फुइँ लगाएर विवादमा आएनन् । बरु स्ट्यान्डर्ड चार्टड बैंकको जागिर खाएर परिवार पालेर बसे ।

श्रुतीको हत्यापछि त उनी गुमनाम जस्तै छन्,सार्वजनिक चर्चाको हिसावले । तर ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंहले भने ज्ञानेन्द्रको छोरीसँग बिहे गरेको मूल्य राम्रैसँग असुलिरहेका छन् । ज्ञानेन्द्रको शासनकालमा कोरियाको कोटा मिलाइदिन्छु भन्दै उनी र उनको कम्पनी राज ग्रुप प्रालिका म्यानेजर अजेय सुमार्गी मिलेर पूर्वब्रिटिस लाहुरे केवी लिम्बुको दुई करोड रुपैयाँ झ्वाम पारिदिए ।

पैसा माग्दा सेना लगाएर सिध्याउने धम्की दिए । ठमेलका अर्जुन श्रेष्ठ,अनिल श्रेष्ठ,ठल्लुका राजिव श्रेष्ठहरुसँग यामाहा मोटरसाइकल मागेर ज्ञानेन्द्रको छोरी माग्न गएका राजबहादुर अकुत सम्पत्तिका मालिक मात्रै भएका छैनन्,पारस नेपाल फर्किए आफ्नो परस्त्री सम्बन्ध ,अबैध उठबसमाथि पुरै मारिमुंग्री चल्ने भएका कारण पारसलाई नेपाल ल्याउन हुँदैन भनेर निर्मल निवास र नागार्जुन बंगलामा पुगेर कान फुक्न सक्रिय भएको स्रोत बताउँछ ।
धरौटीमा रिहा भएका पारसलाई नेपाल आउनबाट रोक्न सिंहले हिमानीको कान फुकेको समेत बताइन्छ । आजको जनआस्था साप्ताहिमा खबर छ

www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.