हिम्मतवाली’ देशैभर हाउसफुल ! रेखा र सुदर्शन गोपीकृष्णमा घेरिए (फोटोफिचरसहित)
अनिल यादव, काठमाण्डौ, असोज १५– रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘हिम्मतवाली’ आजबाट देशभर प्रदर्शन शुरु भएको छ ।

चावहिलस्थित गोपिकृष्ण हलले विहानी शोबाटै ‘हिम्मतवाली’ को प्रदर्शन शुरु गरेको छ भने देशभरका करिब ९० हलमा ११ वजेबाट प्रदर्शन शुरु भएको मोफसल वितरक उज्वल पौडेलले जानकारी दिएका छन् । गोपीकृष्णको पहिलो शोमा दर्शकले नायिका रेखा र डेब्यु नायक सुदर्शन गौतमसंग चलचित्र हेरे ।

गोपीकृष्णको पहिलो शोमा ‘हिम्मतवाली’ हेर्न दर्शकको भिडि उर्लिएको थियो । ६ सय बढी सिट भएको कृष्णा हलमा प्रदर्शन भइरहेको ‘हिम्मतवाली’ को टिकट नपाएपछि कतिपय त्यसै फर्किनु परेको थियो भने कतिपयले पर्खेर भएपनि दोश्रो शो हेरेका छन् । ‘अहिले ११ वजेको शो पनि देशैभर हाउसफुल भएको छ ’, वितरक पौडेलले भने ।
यो खबरले नायिका रेखा दंग छिन् । ‘शुरुवाती नतिजाले मलाई निकै खुशी बनाएको छ’, रेखाले एनपी न्यूजसंग भनिन्– ‘गोपीकृष्णका दर्शकको प्रतिक्रिया सुन्दा त झनै उत्साहित भएकी छु । ’

चलचित्रको पहिलो शो हेरिसकेपछि दर्शकले गोपीकृष्णमा रेखा र सुदर्शनलाई घेरेका थिए । उनीहरुसंग तस्विर खिचाउने र बोल्नेको भिड लागेको थियो ।

कस्तो छ चलचित्र ‘हिम्मतवाली’ ?
रेखा फिल्मस्को ब्यानरमा बनेको ‘हिम्मतवाली’ मा रेखा एक हिम्मतवाली र एक्सन लेडीको रुपमा प्रस्तुत भएकी छिन् । दुवै हात नभएर पनि सगरमाथा आरोहण गरेर चर्चा कमाएका सुदर्शन गौतम पनि चलचित्रमा एक सशक्त पात्रका रुपमा देखिएका छन् ।

दुवै हात नभएपनि उनले दुवै हातको काम खुट्टाबाट गरेको दृश्यहरुले दर्शकलाई अचम्मित बनाइदिन्छ । ‘अपाङ्गता असक्षमता होइन्’ भन्ने यो चलचित्रको नारालाई सुदर्शनको अभिनयले प्रष्टाइदिएको छ । रेखाको एक्सन र हिम्मतवाली रोल साच्चै नै प्रशंसनिय छ । रेखाले आफै यो चलचित्र निर्देशन गरेकी हुन् । चलचित्र हेरिसकेपछि उनको निर्देशकीय क्षमता पनि अब्बल रहेको विश्लेषण हुन थालिसकेको छ ।
.jpg)
0 comments
Write Down Your Responses