जापानद्धारा भारतलाई ३४ अर्व अमेरिकी डलर सहायता
काठमाडौं, भाद्र १७ । जापानले भारतलाई ३४ अर्व अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री शिंजो आबेबीच आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि जापानी प्रधानमन्त्री आबेले मोदीको भ्रमण निकै सकारात्मक रहेको प्रतिक्रिया
पत्रकारहरुलाई दिए । उनले भारतको विकासमा सहयोग गर्न जापान हरपल तयार रहेको प्रतिक्रिया दिएका छन् । जापानी प्रधानमन्त्रीले भारतको पवित्र नदी गंगाको शुद्धिकरण गर्न सहयोगीको भूमिका खेल्ने बताए ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाँच दिने जापान भ्रमण निकै फलदायी रहेको प्रतिक्रिया दिनु भएको छ । उनले जापान सरकारले भारतप्रति देखाएको आदरको खुलेर धन्यबाद दिए ।
.jpg)
0 comments
Write Down Your Responses