सेलिबि्रटीलाई चम्काउनमा फेसनको ठूलो हात रहन्छ । ग्ल्यामर र भल्गारिटीबीचको दूरी छुट्याउने काम फेसनको पनि हो । तर त्यही फेसन कहिलेकाहींं भने बेइज्जत गर्ने हतियार पनि बन्छ । वारड्रब मालफङ्सनको सिकार यतिबेला बि्रट्नी स्पेयर्स भएकी छन् । हुन त यी पप गायिका प्रायः पोसाकको लवाइ बिग्रेर कन्ट्रोभर्सीमा आइरहन्छिन् । हालै लस भेगासको एक परर्फमेन्समा गायिकाको पोसाक चाहिनेभन्दा ज्यादा खुल्दा समस्या आइपर्यो ।
स्टेजमा दमदार नाचिरहेकी बि्रट्नीको पोसाक त्यसबेला खुस्कियो, जब उनी घुमिन् । जिप खुस्कियो र दर्शकले उनको ढाडलाई खुल्लै पाए । तर बि्रट्नी हतास भने भइनन् । पुनः खुस्केको जिपलाई साइड डान्सरको मद्दतले लगाइन् र डान्स कन्टिन्यु नै गरिन् । घटना शनिबारको हो । 'सर्कस' गीत पर्फम गर्न उनी शनिबार लस भेगास थिइन् । घटना आयोजकले गुपचुप राख्न खोजेका भए पनि पmयानले खिचेको भिडियो कारण छताछुल्ला भयो । फ्यानले आफ्नो इन्स्टाग्राम सञ्जालबाट गायिकाको जिम खुस्कँदाको भिडियो लिक गरिदिएका हुन् ।
यस्तो वारड्रब मालफङ्सनको सिकार बन्ने बि्रट्नी एक्ली भने होइनन् । यस्तो अपि्रय घटना बेहोर्नेमा सलमा हायक, मिरान्डा केर, लिन्ड्से लोहान, निक्की मिनाज, क्रिस्टिना मिलान, जेनिफर लोपेज, एम्मा वाट्ससन, पेनेलोप क्रुज, लेडी गागा, क्याटी पेरी, जेनिफर गार्नर जस्ता सेलिबि्रटी रहेका छन् । त्यसमा पनि बि्रट्नी सबैभन्दा बढी पोसाकबाट शरीरका संवेदनशील भाग देखिनेमा पर्छिन् भने त्यसपछि लिन्ड्से लोहान र लेडी गागा पनि अस्तव्यस्त पोसाकका कारण समस्या भोग्नेमा अग्रपंक्तिमा आउँछन् । प्रायः भित्री वस्त्र नलगाउने कारणले गर्दा पनि सेलिबि्रटीलाई प्राइभेसी जोगाउन हम्मेहम्मे पर्ने गरेको हो
आफैले लगाएको पोसाकले धोका दिएपछि
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses