सलमान र प्रिती अमेरिकामा सगै भेटिए !!
नेस बाडियालाई यौन दुर्ब्यवहार गरेको आरोप लगाएर अमेरिकामा नै रहँदै आएकी बलिउड अभिनेत्री सुन्दरी प्रिती जिन्टा र बलिउडका हिरो सलमान खान अमेरिकामा सँगै घुमिरहेको भेटिएपछि विभिन्न अडकलबाजी शुरु भएका छन् ।
सलमान अहिले अमेरिकामा छन् । यस अघि देखि नै अमेरिकामा रहेकी प्रिती र सलमान विभिन्न सपिङ मलमा घुमेको र रेष्टुरेन्टमा भेटिएपछि बलिउडमा अडकलबाजी शुरु भएका हुन् ।
सलमान खान र प्रिती विभिन्न स्थानमा सँगसँगै मस्ती गरिरहेको फेला परेपछि उनीहरुको पुरानो दोस्ती अरु कुनै सम्बन्धमा परिणत भएको त होइन भन्ने अडकल समेत काट्न थालिएको छ ।
0 comments
Write Down Your Responses