काठमाडौं – कांग्रेस सभासद् ओमदेबी मल्ल जोशीले पहिलाका पति किरण जोशीसँग सम्बन्ध बिच्छेद गरेर डीएसपीसँग गुपचुप बिहे गरेपछि कांग्रेसका केही नेतामात्र होइन, राप्रपा नेपालका एक नेता समेत स्तब्ध भएका छन् । एमाओवादीका एक बरिष्ठ नेता पनि ओमदेबीले आफुलाई समेत चक्मा दिएकामा छक्क परेका छन् । यति धेरै नेतालाई चक्मा दिनेगरी ओमदेबीले किन र कोसँग बिहे गरिन् भन्ने उनको पारिवारिक सर्कललाई समेत धेरै जानकारी छैन । स्रोतका अनुसार उनले बिहे गरेका डीएसपी ढकाल थरका भएको बुझिएको छ । ती डीएसपीलाई ओमदेबीले ‘मुर्गा बनाएको’ चर्चा पनि चलेको छ । भोजपुर घर भएका ती डीएसपीको पहिलाको घरबार बिग्रिएको र ओमदेबीको पनि पतिसँग सम्बन्ध बिच्छेद भएकाले उनीहरुले बिबाह गरेको बुझिएको छ । ओमदेबी राजनीतिकर्मी होइनन् । सहकारी क्षेत्रमा भने उनी डन नै हुन् । राष्ट्रिय सहकारी संघको भर्खरै सम्पन्न महाधिबेशनबाट महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी ओमदेबी सहकारी क्षेत्रमा लागेकै बेला धेरै मान्छेलाई बशमा पारेर करोडौं कमाउन सफल महिला पात्रका रुपमा चिनिन्छिन् । उनी राजावादी कित्ताबाट गणतन्त्र आएपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निकट सम्बन्धका कारण एमाओवादी बनेकी थिइन् । नारायणकाजीलाई उनी दाजु भन्छिन् । तर खास नातामा उनी नारायणकाजीकी सोल्टिनी हुन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
सभासद्ले दोस्रो बिहे गर्दा ककसलाई सकस ?
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses