अन्जु पन्तलाइ आफ्नै दाईले यस्तो सुझाब दिए ,

अन्जुको दाई ले दिएको सुझाप ……….
नेपाली बजार र सांगीतिक क्षेत्र तातेको छ र
समचारको मुख्य पेजमा खबर छापिएको छ जुन तिम्रो र
तिम्रो शुभचिन्तकको लागि राम्रो समचार नभएर
नराम्रो खबर हुन् | बैनी हामीले
कीर्तिपुरमा नेवारी समुदायको आयोजनामा भएको खुल्ला सास्कृतिक
कार्यक्रममा तिमीले स्तेजमा हिन्दु धर्म
बिरोधमा बोल्दा दर्शकहरुले ढुंगा हान्दा तिमीलाई
सुरक्षाकर्मीले बचाएर लागेको बिर्स्यौ ? त्यस दिन
देखि कुनै पनि धर्म बिरुद्द कम्तिमा पनि बोल्ने
सिमा रेखा पार गर्नु हुदैन थियो |
अन्जु बैनी तिमि धर्म परिबर्तन गरि क्रिस्चियन भए
पनि तिमि सांगीतिक सुरुवात हिन्दु भजन देखि नै
गरेका हौ , अहिले हिन्दु धर्मको बिरोध गर्ने,हिन्दु
देवी देउताको बिरोध गर्न सुहाउदैन | एक छिन
तिम्रो धर्म एउटा कुनामा राखेर सोच त ? तिमिले
गाउने हरेक गित हिन्दु ले रचेको हुन्छ , तिम्रो हरेक
गीतको म्युजिक हिन्दु ले तयार परेको हुन्छ ,
तिम्रो हरेक विडियो र त्यसका मोडल, डाइरेक्टर,
क्यामेरा समुर्ण टिम हिन्दु हुन्छ,
तिम्रो गितका सिडी भिसिडी किन्ने, सुन्ने सुनाउने
सबै हिन्दु हुन्छन , तिमीले खाने खाना हिन्दु ले उत्पादन
गरेको हुन्छ , तिमीले पढेको स्कुल हिन्दु देखि संचालित
हुन्छ, तिमीलाई यो स्थान सम्म ल्याउने हरेक
मिडिया पत्रिका सबै हिन्दुले सम्पादन गरेको हुन्छ,
तिमीले प्रयोग गर्ने हरेक कुरामा हिन्दु संग कहिँ न
कहिँ सम्बन्धित हुन्छ भने तिमि कसरी हिन्दु को बिरोध
गर्न सक्छौ ??? यदि यी सारा कुराले तिमीलाई
साथ् छोड्ने हो भने तिम्रो ठाउ कहाँ हुन्छ राम्रो संग
सोच्नु बैनी |
बैनी हामीले संगै कार्यक्रम गर्दा सुरुवात
(सयौ फूलका थुंगा हामी एउतै माला नेपाली ) भन्ने
राष्ट्रिय गितलाइ नबिर्सनु ,बलिउड स्टार अमिताब
बच्चन हिन्दु हुन् तर फिल्ममा उनि इस्लाम,
इसाही ,मुस्लिम सबैको अभिनय गर्छन, सलमान खान
कट्टर मुस्लिम हुन् तर फिल्ममा कथाले मागे हिन्दु
परम्पराको खुलेर अभिनय गर्छन ,
अमेरिकाको राष्ट्रपति बराक ओबामा क्रिस्चियन हुन्
तर हिन्दुको दिपावली र सरस्वती पुजा गर्छन
शुभकामना दिन्छन | तिमिलाइ के
समस्या पर्यो बैनी त्यस्तो हिन्दु भगवानको नाम लिन
नहुने ?? किन हिन्दुको गित गाउन नहुने ?? तिमीले
हिन्दुको गित गाउदिन भन्यौ, हामीले
पनि त्यो क्रिस्चियनले गाएको गित नसुन्ने
भनि बहिस्कार गर्यो भने के हुन्छ ?? अब स्वदेश
या विदेशमा तिम्रो क्रिस्चियन भजन कसले सुन्छ ??
बैनी तिम्रो जस्तो सोचाई ले तिमीलाई पाइलट पनि,
ड्राइभर पनि, डाक्टर पनि, कर्मचारी पनि, कामदार
पनि नेता पनि सबै क्रिस्चियन हुनु पर्यो ? तर यो ८०
प्रतिशत हिन्दु भएको देशमा यो सोच्न पनि सकिन्न |
अमेरिकी अभिनेत्री जुलिया रोबर्ट ले हिन्दु धर्म
अपनाए पनि कहिले
पनि क्रिस्चियनको आलोचना गरिनन् ,इस्लामी देश
इन्डोनेसियाको पैसामा भगवान गणेशको फोटो छ खै
बिरोध र समस्या छैन , तिमीलाई किन
यत्ति सारो समस्या पर्यो बैनी ? अन्तमा, हामी सबै
तिम्रो धर्म संग कुनै सरोकार छैन , तिम्रो गला र
कला लाइ उच्च सम्मान गर्दछौ,
तिम्रो लाखौ शुभचिन्तक लाइ लत्त्यायर
यसरि धर्मको कारणले समस्या ल्याउने हो भने
युरोपको चर्चमा भजन गाएर बसे हुन्छ |

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.