सिने नगरीमा नायिकाको ईज्जतसँग खेल्न चाहने पनि छन् : अनु गुरुङ (नव-कलाकार)

भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘निशानी’बाट रजतपटमा डेब्यू गर्न लागेकी नव-कलाकार अनु गुरुङ यतिबेला दंग छिन् । ‘मिस पोखरा २०६८’मा सेकेन्ड रनरअप भएपछि उनको करिअर अगाडि बढेको हो । उनी एउटा यूवती चलचित्रका लागि ‘सो पिस’  मात्र नभएको बताउँछिन् ।anu-gurung
एकाएक बिनोद शेरोङ्ग जस्ता निर्देशकको चलचित्रमा काम गर्नुभयो ? कतिको सजिलो छ यो दुनियाँ ?
हजुर मेरा लागि पनि यो अनअपेक्षित नै हो । इन्डियन आइडल प्रशान्त तामाङ्, बिनोद शेरोङ दाज्यू लगायतका कलाकर्मीहरुसँग सहकार्य गर्न पाउनु मेरो अहोभाग्य नै ठानेको छु । यो क्षेत्रका लागि म नयाँ नै छु ।
नेपाली चलचित्रका नायिकाहरुका लागि पहिलो चलचित्र अहोभाग्य, त्यसपछि फेरि एकाएक हराउँछन् मात्र, किन होला ?
यो कसैका लागि हुनसक्छ । तर जसरी मैले ‘निशानी’ जस्तो बिग प्रोजेक्टमा काम गर्ने अवसरका साथै यस्ता कलाकर्मीहरुसँग सहकार्य गर्न पाएँ, मलाई वास्तवमा एउटा लामो यात्रा गरिसकेका कलाकारहरु झैं अनुभूती मात्र भइरहेको छैन की यस चलचित्रको अभिनय पश्चात त मलाई एउटा भिन्दै उर्जा प्राप्त भएको महसुस गरेकी छु । मलाई चलचित्र ‘निशानी’ले नयाँ परिचय दिनेछ । मलाई विश्वास छ मैले आफुलाई अभागी भन्नु पर्ने दिन आउने छैन ।
नायिकाहरुले चलचित्र क्षेत्रमा धेरै नै संझौता गर्नुपर्छ भनिन्छ । संझौताविना  काम गर्न सकिदैन पनि भनिन्छ नि ?
मैले प्रश्नको आशय वुझे । नेपाली चलचित्रका असल र राम्रो भनिएका नायिकाहरुको अश्लिल भिडियो प्रशंगका कुराहरु पनि बाहिर आए । नेपाली सिनेमामा यूवतीको ईज्जतसँग खेल्न खेल्न खोज्नेहरु पनि छन् । तर, आफ्नो ईज्जत बिकाएर सोपिस गर्न रुचाउँने पनि छन् । यो हाम्रो लागि एउटा दुर्भाग्यपुर्ण कुरा पनि हो । अर्को तर्फ यस्ता गलत क्रियाकलापमा संलग्न हुने र मानप्रतिष्ठता बढ्छ भनेर रमाउनेहरु सो-पिस मात्र हुन् कलाकार होइनन् । म तन, मन र वचनले कलाकार हुँ । यस्ता शो पिस आइडल बन्न चाहन्नौं ।
‘निशानी’मा तपाईको भूमिका बारे जानकारी गराइदिनुस् न ?
मैले एउटा लाहुरेको पि्रयसीको भूमिका निर्वाह गरेको छु । नायक प्रशान्त तामाङको विपरित भूमिकामा देख्न पाउनु हुनेछ । मलाई विश्वास छ तपाईहरुले चलचित्र हेरेर मेरो सवल र दुर्वल विषयहरु औल्याई दिनु हुनेछ । साथसाथै यहाँहरुबाट रचनात्मक सल्लाह सुझावको समेत अपेक्षा राख्दछु ।
प्रस्तुती राजेन्द्र कार्की

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.