प्रविधिको दुश्प्रभावबाट बचाउन आफ्ना छोरा छोरीलाई भने आइफोन र आइप्याड चलाउन नदिने दिँदैनथे

तपाइँलाई थाहा नहुन पनि सक्छ आइपोड र आइफोन बनाएर दुनियाँलाई आइप्याड र आइफोनको लतमा फसाउन सफल भएका अमेरिकी कम्पनी एप्पलका पूर्व प्रमुख कार्यकारी अधिकृत स्वर्गीय स्टिभ जब्सले आफ्ना छोरा छोरीलाई भने आइफोन र आइप्याड चलाउन नदिने दिँदैनथे । प्रविधिको दुश्प्रभावबाट बचाउन यस्तो गर्ने गरेको उनले बताएका थिए ।
steve jobs 2
सन् २०११ मा निधन भएका स्टिभ जब्सले दुनियाँका हजारौं मानिसको हातमा आइप्याड थमाए तर आफ्नै बच्चालाई भने त्यो प्रयोग गर्न दिएनन् । उनले सन् २०१०मा एक अन्तर्वार्ताका क्रममा आफ्ना बच्चाहरुलाई कति प्रविधिका उपकरण चलाउन दिने भन्ने कुरा आफैले तय गर्ने गरेको बताएका थिए ।
स्टिभ जब्सको अन्तर्वार्ता लिएका अमेरिकी पत्रकार निक बिल्टनले उनको विषयमा यो खुलासा गरेका हुन् । सन् २०१० मा उनले यो अन्तर्वार्ता गरेका थिए ।
steve jobs
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा बिल्टनले आफूले स्टिभ जब्सलाई 'तपाइँका छोरा छोरीले पनि आइप्याड खुव मन पराउँछन् होला हगि' भनेर सोधेको र जवाफमा स्टिभ जब्सले छोरा छोरीले के चलाउने भन्ने विषयमा आफूले नै तय गर्ने जवाफ दिएको उल्लेख गरेका छन् ।
बिल्टनले आफूलाई जब्सको घर पुरै डिजिटल रहेको होला, भित्तामा टच स्क्रिन होला, खाने टेबलमा पनि आइप्याडका टायल्स होलान् भन्ने लागेको तर जब्सको खाना खाने टेवलमा केवल किताव मात्र हुने गरेको थाहा पाएको समेत बताएका छन् ।
खाने बेलामा पनि स्टिभ जब्सले विभिन्न विषयमा चर्चा र बहस गर्ने गरेको 'Simply Steve Jobs नामक उनको जीवनीका लेखक वाल्ट इस्याक्सनले उल्लेख गरेका छन् ।
steve jobs 1
युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जिलिसका शोधकर्ताहरुले हालै मात्र केही बच्चालाई ५ दिन सम्म निरन्तर टेलिभिजन लगायतका प्राविधिक उपकरणबाट टाढा राखेर अध्यन गरेका थिए । ती बच्चाहरु यस्ता प्रविधिबाट टाढा हुँदा सामाजिक जीवनमा सक्रिय रहेको पाहियो । 
यो अध्यनबाट बच्चाहरुलाई प्रविधिबाट टाढा राख्नु नै फाइदा हुने देखिएको छ । जुन स्टिभ जब्सले आफ्नो जीवनकालमै गरेका थिए ।
स्टिभ जब्स अहिले सम्म बजारमा आएका सबै आइफोन र एप्पल कम्प्युटर तथा ल्यापटपका मुख्य डिजाइनर थिए । तर उनलाई प्रविधीको नकारात्मक प्रभावबारे उच्च चेतना रहेको बिल्टन आलेखले पुष्टि गरेको छ । 
दुनियाँलाई प्रविधीको उच्चतमरुप देखाउन सफल यी प्रविधीका पिताको जीवनबाट हामीले पनि सक्न सक्छौं ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.