चिवाभञ्ज्याङ र तिम्वुपोखरीबाट नेपालको बहुमूल्य जडीबुटी रातारात भारत तिर

timbung-pokhari-oripari-dekhieaka
१६ भदौ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको चिवाभञ्ज्याङ र तिम्वुपोखरीबाट बहुमूल्य जडीबुटी भारतीयले रातारात चोरी निकासी गरेका खुलासा भएको छ ।
पाँचथर र ताप्लेजुङमा पाइने कुड्की, बिखमा, सतुवा, चिराइतोलगायतका बहुमूल्य जडीबुटी भारतीयले रातारात निकासी गर्न थालेका हुन् ।
पाँचथरको फलैँचा–९ र ताप्लेजुङको कालीखोला–८ मा अवस्थित यी स्थानबाट यसरी रातारात बहुमूल्य जडीबुटी लैजाँदासमेत सम्बन्धित निकायले अहिलेसम्म निकासी रोक्न नसकेको स्थानीयले गुनासो गरेको समाचार राष्ट्रिय समाचार समितिमा उल्लेख छ ।
पाँचथर र ताप्लेजुङको सीमा नाकामा वर्षौंअघिदेखि त्यहाँ मेगु, डुड, तेर्सेलगायतका स्थानमा भारतीयहरू गोठ बनाएर बस्ने गरेको र रातिको समयमा जडीबुटी निकासी गर्ने गरेको पाइएको छ ।
यता यो विषयलाई जिल्ला प्रशासन कार्यालय पाँचथर भने स्वीकार्न तयार छैन । स्थानीय वस्तुभाउ चराउने गोठालाको आधारमा यसरी चोरी निकासी भयो भन्ने आधार हुन नसक्ने भन्दै पाँचथर जिल्ला प्रशासनले भारत तर्फ तोरी निकासी नभएको बताएको छ । यद्यपी चोरी निकासी भएको क्षेत्र सदरमुकामबाट एक दिनको पैदल भएकाले त्यहाँ प्रशासन पुगेर रोक्न नसकेको स्थानीयको आरोप छ ।
प्रशासनले जडिबुटीको निकासी रोक्न नचाहेको समेत स्थानीयले आरोप लगाएका छन् । पाँचथरको च्याङथापुमा समेत प्रहरी चौकी भएकाले चाहेमा प्रशासनले निकासी रोक्न सक्ने स्थानीयको भनाइ छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.