आश्वासन दिए तर पैसा खाएर अर्कैलाई सभासद बनाए मिनेन्द्र रिजालले ?

काठमाडौं,भदौ १६ । आफुलाई आश्वासन दिएर अकैसँग पैसा खाएर सभासद् बनाएपछि पर्यटन व्यवसायी राजेन्द्र बजगाईं कांग्रेस नेता तथा सञ्चामन्त्री मिनेन्द्र रिजाललाई ‘पिट्छु’ भन्दै हिँडेको चर्चा ठमेलतिर छ । यसअघि समानुपातिक सूचीमा नाम पार्ने आश्वासन दिएर शुभलाभ लिएका मिनेन्द्रले नाम नपारेपछि उनको ठमेलको काठमाडौं गेष्टहाउसमै रामधुलाई गरेको चर्चा कांग्रेस वृतमा चल्ने गरेको छ । हुन त राजेन्द्रले मिनेन्द्रलाई भिनाजु भन्छन् । तर मिनेन्द्रले आफुबाट धेरै शुभलाभ लिएको तर बचन पुरा नगरेको भन्दै राजेन्द्र आक्रोसित भएका आजको साँघु साप्ताहिकमा खबर छ । गोरखा घर भएका बजगाई कांग्रेस बृतमा चल्तापुर्जा नै मानिन्छन् । उनको मिनेन्द्र रिजाल र सुजाताबीच सम्बन्ध सुमधुर बनाउन मध्यस्थकर्ताको भूमिका समेत निर्वाह गरेका थिए,कुनै बेला । त्यसवापत बोनसमा उनले सुजाताकी सहयोगी सिर्जना अधिकारीसँग केही समय राम्रो राजनीतिक सम्बन्ध बनाएका थिए । मिनेन्द्रले यसपाली उनलाई जसरी पनि २६ को कोटामा पार्ने आश्वासन दिएका थिए । कांग्रेसको मनोनयमा सबभन्दा ठुलो धोका दिव्यमणी राजभण्डारीलाई भएको चर्चा छ । जिन्दगीमा एकपटक जसरी पनि सभासद् बन्ने सपना देखेका राजभण्डारीले सभासदकै सपना देखेर दुई करोडभन्दा बढी खर्च गरेका थिए ।

http://www.xpresskhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.