काठमाडौं, आश्विन ७ । राज्यको उदासीनताका कारण गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको भन्दै अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् । छोरा कृष्णप्रसादको हत्यामा संलग्नहरुलाई कारबाहीको माग राखेर आमरण अनशनमा बसेका नन्दप्रसादको सरकारी उदासीनताकै कारण मृत्यु भएको भन्दै अधिकारकर्मीहरुले मंगलबार राजधानीमा र्याली निकाले ।
वीर अस्पतालबाटसुरु भएको र्याली रत्नपार्क हुँदै वीर अस्पतालमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अधिकारकर्मीहरुले कृष्णप्रसादको हत्याबारे अनुसन्धान गरी दोषीलाई कारबाही र अनशनरत कृष्णप्रसादकी पत्नी गंगामायाको जीनवरक्षा गर्न माग गरेका थिए ।
नन्दप्रसादको मृत्युले बाच्न पाउने र न्याय पाउने नागरिकको नैसर्गिक अधिकारको उपहास गरेको उनीहरुको भनाइ थियो । छोरा कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राखेर ११ महिनादेखि नन्दप्रसाद अनशरत थिए ।
उनकी पत्नी गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशनरत छन् । अनसनकै क्रममा नन्दप्रसादको सोमबार मृत्यु भएको हो ।
- See more at: http://imagekhabar.com/samachar/detail/41681/29/.shtml#sthash.fAqgVtCl.Dc3aonCF.dpuf
नन्दप्रसादको मृत्युको विरोधमा प्रदर्शन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses