यसरी बनिन् रेखा थापा ‘हिम्मतवाली’

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०६ सोमबार । नेपाल अहिलेपनि पितृ सतात्मक मुलुक भन्दा केही फरक पर्दैन । अन्तरिम संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागीतालाई अनिवार्यता दिएको भएपनि महिनाहरु सकृय नरहेकै कारण अझै माथि उठ्न सकेको छैन ।rekha thapa himmatwali
तर पछिल्लो समय नेपाली सिनेमा क्षेत्रले महिलाको विषयलाई निकै तातो रुपमा विषयहरु उठान गर्ने गरेको पाइन्छ । यही भिडमा महिलाको नेतृत्व गर्ने पात्रका लागी चर्चित अभिनेत्री रेखा थापाको नाम अगाडी आउछ ।

rekha thapa himmatwali
rekha thapa himmatwali

रेखा थापा नेपाली चलचित्र क्षेत्रमा महिला वर्गको नेतृत्व गर्ने बलियो पात्र हुन् । विगत १३ वर्षदेखि रेखाले नेपाली फिल्म क्षेत्रमा निरञ्तर रुपमा फिल्ममा अभिनय गर्दै आइरहेकी छन् । उसो त यात्रालाई निरञ्तरता दिनु ठुलो कुरा होइन । यात्रा कत्तिको उपलब्धिमुलक छ भन्ने कुरा महत्वपूर्ण हो । रेखा सफल यात्रामा छिन् ।
‘हिरो’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी रेखा थापा नाममा मात्रै सिमित रहेन । नेपाली फिल्म क्षेत्रको लागि रेखा थापा संस्थाकै रुपमा स्थापना भएको छ ।
रेखा यस्तो भाग्मानी पात्र पनि हुन् जसको फिल्मले सुख्खा लागेको फिल्म बजारमा पनि चमत्कारिक व्यापार गरिदिन्छ । विशेषत: रेखाका होम प्रोडक्सनका फिल्म व्यापारिक रुपमा अब्बल छन् । रेखा फिल्मस्बाट निर्माण भएका अधिकाशं फिल्महरु व्यापारिक रुपमा सफल छन् ।
बलिउड सलमान खान चल्छन् भने जस्तै नेपालमा रेखा थापा चल्छिन् भन्ने विश्लेषण फिल्म नगरीमा सुरु भैसकेको छ । रेखा एक्लैले निर्माण गरेको फिल्म ‘काली’ ले गत वर्ष ब्लकवस्टरेको व्यापार गऱ्यो । फूलपातीमा प्रदर्शन भएको ‘काली’ को उक्त व्यापारले पनि रेखालाई बलिउडका सलमानसाग तुलना गर्न सहज पारिदियो ।
काली रेखा यस वर्षको फूलपातीमा भने ‘हिम्मतवाली’ बनेर आउादैछिन् । रेखाले ‘हिम्मतवाली’ मा सााच्चिकै हिम्मत जुटाएकी छिन् । दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सुदर्शन गौतमलाई महत्वपूर्ण पात्रमा ‘हिम्मतवाली’ मा रेखाले प्रस्तुत गराएकी छिन् ।rekha thapa himmatwali
सोच भन्दा बाहिरको दुवै हात गुमाएको व्यक्तिलाई फिल्ममा अभिनय गराउन सफल हुनु रेखाको पहिलो हिम्मत थियो भने सेटमा गएर फिल्म निर्देशनको जिम्मा आफैं सम्हाल्नु अर्को हिम्मत थियो । क्यानडा बस्दै आएका हिम्मतवाला सुदर्शन अभिनय क्षेत्रसाग कुनै साइनो नजोडिएका व्यक्ति हुन् ।
‘हिम्मतवाली’ मा अभिनय गरेर सुदर्शनले नेपाली फिल्मसाग पहिलो नाता जोडेका छन् । पाहुना सुदर्शनको अभिनय कस्तो होला ? कौतुहलताको विषय भएपनि सुदर्शनले आफ्नो पात्रलाई न्याय गरेका होलन् भन्ने सार्वजनिक गरिएका प्रचार सामाग्रीले ढुक्क गराउाछ । हेर्रौं हिम्मतवाला र हिम्मतवालीको ‘वन्डिङ’ ले असोज १५ पछि कस्तो छाप छोड्छ ?

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.