साउनको तेस्रो साता सिन्धुपाल्चोकको जुरेमाा गएको पहिरोका कारण थुनिएको सुनकोसीको ताल आइतबार अकस्मात फुटेको छ ।
सुनकोसीको ताल फुटेर नदी आफ्नै प्रवाहमा बग्न थालेपछि सो क्षेत्रको जनजीवन सामान्य बन्न थालेको छ । त्यस्तै अबरुद्ध अरनिको राजमार्ग पनि खुलेको छ ।
कुनै पनि बेला ठूलो घुर्दटना हुनसक्ने भन्दै घर छाडेर गएकाहरु पनि फर्कन थालेका छन् ।
नेपाली सेनाले लगातार तालको पानी घटाउने प्रयास गरिरहे पनि असफल भैरहेका बेला सुनकोसी ताल फुटेको हो ।
तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो ।
नेपाली सेनाको टोलीले सुरु देखि २० फुट विष्फोटक पदार्थ, ड्रिल मेसिन र स्काभेटर प्रयोग गरी ताल घटाउन अथक प्रयास गरिरहेका बेला विहान ३(४ बजेको समयमा ताल फुटेको हो ।
ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका घरहरु देखिएका छन् । डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ ।
साउन १७ गते नदी थुनिदा करिव ४८ मिटर उचाइ लिँदै २ सय २७ मिटर लामो ताल औसतमा ४ सय मिटर चौडाई लिँदा १ करोड घनमिटर पानि जमेको थियो ।
सेनाले ताल थुनिएपछि बनाएको दोस्रो मुखबाट ताल फुटेको हो । विस्फोटक पदार्थ र स्काभेटरले समेत काम नगरेपछि केही साता यता कफड ड्याम प्रविधि अपनाउँदै आएको थियो । तालको मुखलाई अस्थारुपमा थुन्दै ह्वात्तै खोल्ने प्रविधिलाई कफर ड्याम प्रविधि भनिन्छ ।
सेनाले केही दिन अघिमात्र पहिलो कफर ड्याम खोल्दा ताल सतह ३ मिटर घटेको थियो । सेनाले पहिलो मुख थुनेर दोस्रो ड्याम बनाउँदै थियो । तलाउ घटेसँगै डुवानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ ।
देखिएको राजमार्गको डिल खसिरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक जयस्वर रिमालले बताउनुभयो ।
साउन १७ गते मध्यरातमा गएको पहिरोका कारण सो क्षेत्रमा ठूलो पुगेको छ । तालको पानी सहज रुपमा निकास नहुँदा त्यसभन्दा तल्लो क्षेत्रमा कायम रहेको त्रास पनि हटेको छ ।
ताल फुटेपछि तलको भागमा पानीको सतह यस्तो थियो !
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses