दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारको भनाइ


नेपाली मूलका  मानव अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे आफ्नो नियन्त्रणमा रहेको कतारको विदेशी मन्त्रालयले जनाएको छ।
कतारमा नेपाली कामदारको अवस्था अध्ययन गर्नको लागि उनीहरु आफ्नो कार्यस्थल नर्वेबाट गत हप्ता कतारको राजधानी दोहा गएका थिए। सोही समयमा उनीहरू बेपत्ता भएका थिए।
कतारको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै कतारको कानुन उल्लंघन गरेको आरोपमा दुई विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ। अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरी उनीहरूलाई हिरासतमा राखिएको विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत उनीहरूलाई एकसाताअघि कतारको सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए। उनीहरूलाई भदौं १५ गते पक्राउ गरेर नियन्त्रणमा राखिएको विज्ञप्तिमा जनाइएको छ। यसैबीच उनीहरुको अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ।
उनीहरु दुवै जना बेलायती पासपोर्टधारी रहेकाले बेलायती विदेश मन्त्रालयले बेपत्ताको उनीहरूको खोजिका लागि पहल गरेको थियो। उनीहरु कार्यरत संस्था जी एन आर डीले सम्भावित यातनाप्रति गम्भीर  चासो ब्यक्त गर्दै सकुशल रिहाइको मागसमेत गरेको थियो।
कतारमा हुने २०२२ को विश्वकप फुटवलको निर्माणाधीन तयारीका लागी ल्याईएका नपाली कामदारहरुको दयनीय अवस्था अन्तर्राष्ट्रिय जगतमा उजागर पहिले नै भईसक्दा कतारले  विश्वव्यापी आलोचना खेपीरहेको छ। एम्नेस्टी इन्टरनेश्नल लगायतले कतारमा हुने गिरफ्तारी पछिका यातनाबारे चासो उठाउँदै आएका छन। 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.