नरेन्द्र मोदीको अर्को भाषणले फेरि गर्‍यो हंगामा नेताहरुको गम्भीर आपत्ति

अहिले जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ हिन्दु धर्मग्रन्थ गीताको विषयमा दिएको अभिब्यक्ति भारतमा विवादित बनेको छ । मोदीले गीताको विषयमा बोलेका कुराप्रति भारतीय नेताहरुले आपत्ति जनाएका हुन् । मोदीले जापान भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री शिन्जो आवेलाई गीत उपहार दिएका थिए । त्यस लगत्तै मोदीले एक सभामा संवोधनका क्रममा आफूले आवेलाई उपहार दिन सबैभन्दा उत्तम चिज गीता लिएर आएको तर देशका टेलिभिजनमा यस विषयमा बहस चल्ने बताएका थिए । उनले धर्म निरपेक्ष ब्यक्तिहरुले समेत यस विषयमा टिप्पणी गर्ने समेत त्यहाँ बताएका थिए । आफूले गीतालाई साम्प्रदायिक रंग दिएको भनेर समेत आलोचना नगरे उनीहरुको रोजी रोटी समेत नचल्ने कठोर टिप्पणी समेत मोदीले गरेका थिए ।modi in japan   नेताहरुले मोदीको अभिब्यक्तिप्रति मिश्रित प्रतिक्रिया दिएपनि जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले कडा आपत्ति जनाएका छन् । देशको मुद्धा बाहिर उठाएर मोदीले राम्रो काम नगरेको उनको भनाइ छ । देशको आन्तरिक मामलाको विषयमा अन्य देशमा गएर कुरा गर्नु असोभनीय रहेको उनले बताएका छन् ।   विपक्षी दलका अन्य केही नेताले पनि मोदीको भाषणप्रति आपत्ति जनाएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.